ब्रोड वे बन्द गरेर नेपाल डे परेड हुने, टिपीएसमा सहयोग गर्ने सिनेटरलाई धन्यवाद पत्र



न्यु योर्कमा रहेका नेपालीहरुको प्रतिनिधि मण्डलले न्यु योर्कका सिनेटर चक ( चार्ल्स ) शुमेरलाई भेट गरि नेपाललाई टि.पी.एस सुबिधा प्रदान गर्न उनले खेलेको भूमिकाको प्रसंसा र नेपाल डे परेडको बारेमा जानकारी गराएको छ |

सिनेटर शुमेर न्यु योर्क स्थित कार्यालयमा नेपाली प्रतिनिधि मण्डलले उनीसंग भेट गरेका थिए | सो भेटका क्रममा नेपाललाई टिपी एस प्रदान गर्ने बेलामा सिनेटर शुमेरले खेलेको भूमिकाका बारेमा उनलाई धन्यवाद दिएको प्रतिनिधि मण्डलका एक सदस्यले द नेपाल टुडेलाई बताए |

सोहि अवसरमा उक्त प्रतिनिधि मण्डलले  न्यु योर्कमा नेपाल डे परेड गर्ने बारेमा उनलाइ जनाकारी गराउदै यो अवसरमा उपस्थित हुन निमन्त्रणा दिएको छ |  प्रतिनिधि मण्डलसंग शुमेरले आफु सकेसम्म उपस्थित हुन कोशिस गर्ने बताएका थिए | नेपाली प्रतिनिधिहरुले न्यु योर्कमा गर्न लागेको यो पहिलो परेड भएको र परेडमा नेपाली कला र संस्कृति झल्काउने झाँकीहरुको प्रदर्शन गरिने जानकारी गराएका थिए |

आगामी मे महिनाको २२ तारिखमा उक्त परेड हुने छ | परेड अबधिभर ब्रोड वे बन्द गरिने छ |

साथै सिनेटर शुमेरले टिपीएस पछिको नेपालीको प्रतिक्रिया र भुकम्पपछिको नेपालको अवस्थाका बारेमा सोधेका थिए | उनले न्यु योर्कमा रहेका नेपालीहरुलाई परेका अफ्ठेराहरु सोध्नुका साथै आफुले कुनै सहयोग गर्न परे सधै तयार रहेको पनि बताएका थिए |

सिनेटरलाई बुझाएको पत्रमा अमेरिकन नेपाली समुदायका तर्फबाट लुसांग वाइवाले हस्ताक्षर गर्नु भएको छ |

सिनेटर शुमेरलाई भेट गर्न डिल्ली भट्ट, लुसांग वाइवा, संजय थापा, सैलेश श्रेष्ठ, मनमोहन सिंह, अन्जन श्रेष्ठ, मंगलदास  श्रेष्ठ,  उपेन्द्र भट्ट र  सुबाश लामा लगायतका व्यक्तित्वहरु गएका थिए |



सिनेटरलाई बुझाएको पत्र 

,