जापानबाट छ जना महासमिति सदस्य चयन


ह्याप्पी बन्धु "बिश्व" 

जापान, फेवुअरी २२

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि जापानमा रहेको नेपाली जनसम्पर्क समितिले पनि प्रतिनिधि छनौट गरेको छ ।

सदस्यताका संख्याका आधारमा जापानबाट सात प्रतिनिधि चयन भएका छन् । सोमवार भएको अधिवेशनले पदेन सभापतिसहित अन्य ६ प्रतिनिधिको टुंगो लगाएको हो ।

महाधिवेशन प्रतिनिधिहरुमा चिरन्जीवी थापा, महेशकुमार श्रेष्ठ, लालबहादुर केसी (रोसन), राजेन्द्र जम्मरकट्टेल, पासाङ्ग शेर्पा र सुभाषप्रसाद लोहनी निर्वाचत भएका छन् । यस्तै, जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदी भने स्वत प्रतिनिधि भएका छन् ।
निर्वाचनमा थापाले सर्वाधिक मत ल्याएका थिए । थापासँगै सभापति सुवेदी महासमिति सदस्य चयन भएका छन् ।