रेखाले छविलाई सोधिन- ‘के छ ड्याडी ?’




काठमाडौँ | लामो समयदेखि अलग बस्दै आएका नायिका रेखा थापा र चलचित्र निर्माता छवि ओझा अंगालोमा बेरिएपछि नेपाली चलचित्र क्षेत्रमा रेखा र छविको चर्चा फेरी सुरु भएको छ ।

श्रीमान र श्रीमती रेखा र छवि विछोडको खबरले तातेका नेपाली मिडिया रेखा र छविको अंकमालले पुन एक पटक तातेका छन् । रेखा र छविले सार्वजनिक स्थलमै एक अर्कालाई अंगालो हालेर खबर सोधपुछ गरेपछि रेखा र छविको चर्चा चुलिएको छ ।

रेखा र छविले चलचित्र ‘को आफ्नो’ प्रिमियर शोपछि  जयनेपाल हल परिसरमा एक अर्कालाई अंकमाल गरे । अंकमालमा मात्र सीमित भएन उनीहरुबीच खबर सोधखोज समेत भयो । थापाले ‘के छ ड्याडी’ भन्दै ओझालाई अंकमाल गरेपछि ओझाले मुस्कुराउँदै ‘बाँचेकै छु बाबु’ भने ।


त्यत्तिमा पनि कुरा टुंगिएन । रेखाले छविलाई आफ्नो गाडीमा घरसम्म पुर्याइदिने बचन दिइन । त्यो प्रस्ताव भने छविले स्वीकार गरेनन् । ओझाले भने,  ‘हिँड्दै जान्छु ।’

- तस्बिरः उत्सव रसाईंली