रिजवुडको दुर्गा मन्दिरमा सरस्वती पूजा सम्पन्न



आज रिजवुड नेपाली समाजले रिजवुडको दुर्गा मन्दिरमा भब्य रुपमा सरस्वती पुजा सम्पन्न भएको छ |

स्कूल जाने स-साना भाई-बहिनीहरुको उत्साह जनक उपस्थिती रहेको थियो भने गुरु द्वय हरी नारायण सापकोटा र उद्धब शास्त्री द्वारा पुजा पाठ गराइएको थियो भने पण्डित सुर्य पौडेल द्वारा स्तूति गान गरिएको थियो ।

अमेरिकाको ब्यस्त जिवनमा बिद्याकी देबीको आराधना गर्न पाउँदा विद्यार्थीहरु प्रुफुल्ल मुद्रामा देखिन्थे ।

पुजाको कार्यक्रम बिहान ८ बजे शुरु भएर १० बजे सकिएको थियो भने पुजा पश्चात प्रसाद ग्रहण गराइएको थियो ।

शिप, कला, संगीत र बिद्याकी देबीको रूपमा चिनिने सरस्वतीको पुजा-आजा गर्नाले जिवनमा सफलता हाँसिल हुन्छ भन्ने बिश्वास गरिन्छ भने बिद्यालय जान तयार रहेका स-साना नानीहरुलाई सरस्वती पुजाको दिनमा अक्षर लेख्न र पढ्न आरम्भ गर्ने प्रचलन पनि रहेको छ ।  

अझ खासगरी यो दिन विद्यार्थीहरुको लागि महत्वपूर्ण मानिन्छ ।