बुद्धिसागर बश्यालको लाहुरे सार्बजनिक


बुद्धिसागर बश्यालको लाहुरे सार्बजनिक

टोरोन्टो, क्यानडा जनवरी ३१ |

लोक गायक बुद्धिसागर बश्यालले बहु चर्चित गीत लाहुरेको म्युजिक भिडियो क्यानडामा सार्बजनिक गरेका छन | स्थानिय संचारकर्मीको उपस्थितिमा उनले उक्त गीतलाई सार्बजनिक  गरेका हुन् | सो अवसरमा लाहुरे गीतलाई बिभिन्न क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सुझाबहरु पनि देखाईएको थियो |

लाहुरेको टोरोन्टोस्थित अवैतनिक महाबाणिज्यदूत डा. कुञ्जर शर्मा र गैर नेपाली संघका केन्द्रिय सदस्य नबराज गुरुंगले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

हरिहर दाहालको शब्द रहेको गीतमा बस्याल एक्लैले संगित, दृष्य छायांकन, गायन, लगायतका सबै काम गरेका हुन् ।

सम्मेलनमा नेपालबाट उल्टो साइकल कुदाएर विश्व किर्तिमानी राखेका विरेश दाहाल पनि सहभागी थिए । उनी हालै उल्टो साइकल कुदाएर विश्व भ्रमण गर्ने क्रममा हाल क्यानडामा छन् ।

पहिलो पटक सार्बजनिक गरिएको चर्चित गीत लाहुरेको भिडियो प्रस्तुत छ