अर्जुन मिलनको गीत "जित्नेलाई मिठो जीवन" (भिडियो सहित)





मधु नेपाल 
न्यु योर्क, अमेरिका, फेब्रुअरी २९ |

गीत संगीत सबैको सोखको बिषय हो | कसैले सुन्छन मात्र भने कसैले रचना गर्ने, संगीत भर्ने या गाउने गर्छन | कसैले सोख पुरा गर्न मात्र गाउछन त कसैले यसैलाई पेशा बनाउछन |

 सानैदेखि गहिरो चाहना हुदाहुदै पनि संगीतलाई पेशा नबनाएका तर निरन्तरता दिदै आएका  गीतकार, सङ्गीतकार तथा गायक अर्जुन मिलन उर्फ संविधानविद डा.भिमार्जुन आचार्यले तेस्रो गीत संग्रह "एउटा जीवन"को राजधानीमा आयोजीत एक भब्य समारोहमा लोकार्पण तथा मिमोचन गरेका छन् |

उक्त समारोहमा गीतकार किरण खरेल, श्रीपुरुष ढकाल, कालीप्रसाद रिजाल, कलाकार हरिहर शर्मा, गौरी मल्ल, नेपालको कानुन, निजामती प्रशासन, सुरक्षा तथा संचार क्षेत्रका प्रसिद्ध ब्यक्तिहरुको उपस्थिति थियो |

 थोरै तर वजनदार गित बनाउने गर्छन अर्जुन मिलन | गम्भीर र रसिला गीत सुन्ने स्रोताका लागि बहुमुल्य उपहार हो | रीमा डिजिटलले यो अल्बमको बजार ब्यस्थापन गर्नेछ |

एल्बमको गीति पक्षको समिक्षा डा. सनतकुमार वस्ती तथा संगीत तर्फको समिक्षा संगीतकार गायक टीका भण्डारीले गर्नु भएको थियो  । संगीतकार टीका भण्डारीले समीक्षा गर्दै भन्नुभयो "गीतहरु बिशेष गरि साँझमा सुन्नलायक छन्" । कालीप्रसाद रिजालले भन्नुभयो "गम्भीर गीत माग्ने त बिरलै भेटिन्छन आजकल ।

एल्बममा रहेका ७ वटा गीतहरु जीवन दर्शन, जीवन भोगाइ र  माया प्रेममा आधारित छन जसलाई गीतकार  क्षेत्रप्रताप अधिकारी, किरण खरेल, कालीप्रसाद रिजाल, श्रीपुरुष ढकाल, रमेश क्षितिज र अर्जुन मिलनले गर्नु भएको छ भने टीका भण्डारी, सन्तोष श्रेष्ठ, नारायण रायमाझी, सागर अधिकारी र अर्जुन मिलनको संगीत रहेको छ |

टिका भण्डारीले संगीत भर्नु भएको गित "जित्नेलाई मिठो जीवनको" भिडियो पनि तयार पारिएको छ |

भिडियो हेर्नुहोस: