कर्णाली परियोजनामा नेपाली कै लगानी किन नखोज्ने ? -यज्ञ डुम्रे





एउटा कुरा मैले बुझ्न नसेको हो कि , सरकार , नेपालका प्रमुख राजनीतिक दलहरु , परामर्शदाता, सरकारका विज्ञ , सल्लाहकारहरु आदि आदिहरुको बुद्धिमा बिर्को लागेको हो या कमिसन को खेल हो? कुनै राम्रो परियोजना आयो , लगानी गर्न पर्यो कि हामीसंग प्रयाप्त पैसा छैन भन्दिहाल्छन |

सन्दर्भ हो -कर्णाली परियोजनाको | विज्ञहरुका अनुसार यो परियोजना अहिलेसम्मको सबभन्दा सस्तो र उच्छ प्रतिफल दिने प्रोजेक्ट हो |

त्यस्तो प्रोजेक्ट कौडीको भाउमा भारतीय कम्पनि GMR लाई दिइदै छ | कसरि दिन लागिएको हो र किन दिईदै छ ? नेपाली जनताले पुरै कुरा थाहा पाउन पाएका छैनन् | मेरो आग्रह छ- सबैभन्दा पहिले यस्ता परियोजनाका बारेमा जनस्तरमा पनि जानकारी गराईनु पर्दछ |

 मेरो साधारहरण हिसाबमा के पनि हो भने यस्ता योजना हामी नेपालीहरुबाट नै संचालन गर्नु पर्दछ |  आजको दिनमा हामीसंग त्यो सामर्थ्य छ पनि | मात्र एउटा कर्णाली होइन यस्तै अरु तीन छर वटा वटा प्रोजेक्ट बनाउन पुग्ने पुंजी नेपालीबाट संकलन गर्न सकिन्छ |  बिदेशमा बस्ने नेपालीहरु यस्ता प्रोजेक्टमा लगानी गर्न सजिलै राजी हुनेछन |

त्यसबाहेक पनि, नागरिक लगानी कोष , संचय कोष , नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा  तरलता बढी भएर सस्तो ब्याजमा ऋण प्रवाह गरिरछन | यस्तो बेला देशमा प्रोजेक्ट संचालन गर्ने पैसा छैन भन्नु हास्यापद हुन्छ | सरकार गरिब छ, थाहा छ तर सबै जनता गरिब छैनन् | यो खबर सिंहदरबारमा बस्नेलाई कसले पुर्याउने ?

म एउटा सानो उदाहरण पेश गर्छु  की लगानीको लागि पैसा कति उठ्न सक्छ भनेर |

 १. जलविधुत कम्पनिको आब्हान गरेको शेयरको लागि झन्डै २३/२४ गुणा पैसा उठ्यो |

२. अपि hydropower को तेस्तै oversubscribe भयो |

३. तामाकोशीमा कम्तिमा पनि ५० गुणा OVERSUBSCRIBE हुने पक्का छ | कर्णाली त यी ३ भन्दा पनि कम्तिमा पनि ३ गुणा राम्रो प्रतिफल दिने प्रोजेक्ट हो | यसका लागी प्राईभेट सेक्टरबाट मात्रै १ खर्ब होइन ४ खर्ब उठाउन सकिन्छ |

अरु कुरा छोडौ,  नेपालका सरकारका कर्मचारीलाई मात्रै ६ महिना भरिको तलब कर्णाली प्रोजेक्टमा हालौ भन्ने हो भने पनि शायद कसैले हुन्न भन्ला | नेपाल को निजि क्षेत्र र प्रवासी नेपाली( एनआरएन ) को लगानीको त कुरै छाडौ |

यस्तोमा पनि सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन् | नेपालीहरु कै लगानीमा परियोजना संचालन गर्न सकियो भने परियोजनामा बिबधरु पनि कम हुने प्रशस्त आधारहरु पनि छन् | समय मै सबैको ध्यान जानु आवश्यक भईसकेको छ |

त्यसैले, नेपाली योजनाकार र  लगानीकर्ता सबै समक्ष मेरो अनुरोध छ -कर्णाली परियोजनामा नेपाली कै लगानी किन नखोज्ने ?

हाल : लन्डन