प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्रमन्त्री नजाने

काठमाडौ फागुन, ३-नाकाबन्दीको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको जस लिने विषयलाई लिएर बढेको प्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापावीचको मनमुटाव यतिसम्म बढेको छ कि पराष्ट्रमन्त्री कमल थापाले आफू प्रधानमन्त्रीसँगै भारत भ्रमणमा नजाने चेतावनी दिएका छन ।
थापाले प्रधानमन्त्रीलाई फोन गरेर आफू भारत भ्रमणमा जनाने जनाउ दिईसकेका छन तर प्रधानमन्त्रीले उनलाई भ्रमणमा सँगै जान दवाव दिईरहेका छन ।परराष्ट्रमन्त्री थापा आफूले दुई पटकको भारत भ्रमणको उपलब्धि स्वरुप नाका खोलेको र प्रधानमन्त्रीको भारत भ्रमणको बातावरण बनाएको दावी गरिरहँदा प्रधानमन्त्रीले नाकाबन्दीको अन्त्य र भारत भ्रमणको मिति तय गर्न भन्दै अर्थमन्त्री विष्णु पौडेललाई भारत भ्रमणमा पठाएपछि थापा रुष्ट बन्दै आएका थिए ।
कायम रहेको रुष्टतामा प्रधानमन्त्रीको भारत भ्रमणको तालिका, एजेण्डा र टिम निर्माणको विषयले झनै आगोमा घिऊ थप्ने काम गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले आफै भ्रमणको एजेण्डा बनाउन थालेको , भ्रमणमा जाने टिम पनि आफू खुसी बनाउन थालेर आफ्नो भूमिका र मन्त्रालयलाई माईनस गरेको भन्ने निष्कर्समा थापा आक्रोसित बनेका हुन । उनले विदेश नीतिमा परराष्ट्र मन्त्रालयलाई माईनस गरेर आफू खुसी गर्ने भन्दै प्रधानमन्त्रीसमक्ष आक्रोस पाखेर आफू भ्रमणमा नजाने चेतावनी दिएका छन । स्रोतका अनुसार थापाले दुई पटक प्रधानमन्त्रीलाई चेतावनी दिईसकेका छन ।