एसिया कपमा भारतले बंगलादेशलाई ४५ रनले हरायो

काठमाडौं फागुन, १३-एसिया कपमा भारतले बंगलादेशलाई  ४५ रनले हराएको छ । ढाकामा टस हरेर पहिलो व्याटिङको निम्तो पाएको भारतले २० ओवरमा ६ विकेट गुमाएर १६६ रनको योगफल तयार परेको थियो ।
भारतको लागि रोहित शर्माको सानदार  ८३ र  हार्दिक पान्ड्याले ३१ रनको पारि खेलेका थिए । बंगलादेशको लागि अल अमीन हुसैनले  ३७  रन दिएर ३  विकेट लिए।१६७ रनको लक्ष्यको जवाफमा दुवै सुरुवाती ब्याट्सम्यानलाई १५  रनमै  पबेलियन फर्काएका भारतीय बलरले निकै राम्रो सुरुवाती दिलाएका थिए । बंगलादेशले ७ विकेट गुमाएर २० ओवरमा जम्मा १२१ रन मात्र जोड्न सक्यो । भारतका लागि आशिष नेहराले ३ तथा जस्प्रित बुमराह, आश्विन र पाण्डेयले १-१ विकेट हात पारे ।