नेपाल अमेरिका एकता समाजको पदस्थापन सम्पन्न





बाल्टिमोर, २१ फेब्रुवरी / नेपाल अमेरिका एकता समाजको वार्षिक अधिवेशन र पदस्थापन आर्टेसियामा सम्पन्न भएको छ ।

अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन महासचिव इन्दिरा त्रिपाठीले प्रस्तुत गरेकी थिइन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष झमक निरौलाले प्रस्तुत गरेका थिए । नेपाल सरकारका बाणिज्यदुत ऋषि ढकाल प्रमुख अतिथि रहेको कार्यक्रम अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव इन्दिरा त्रिपाठीले गरेकी थिइन ।

समारोहमा संस्थाका आजिवन, सल्लाहाकार लगायत विभिन्न व्यक्तिलाई उनीहरूको कामको कदर गर्दै सम्मान गरिएको थियो । अधिवेशनले नयाँ कार्य समितिको अनुमोदन समेत गरेको थियो ।

नवगठित कार्यसमितिमा अध्यक्ष सूर्य प्रसाईं, प्रथम उपाध्यक्ष टेक बहादुर लामा, द्वित्तीय उपाध्यक्ष डिल्ली सिलवाल, महासचिव डोल्मा लामा, कोषाध्यक्ष अञ्जना बस्नेत र सदस्यहरूमा बद्री बराल, बीरवल बुढाथोकी, चक्रपाणी मिश्र, चन्द्र प्रसाद सिवाकोटी, देविचरण घिमिरे, दीपा पौडेल, ज्ञानेन्द्र गुरुङ, नवीन पोखरेल र तुलसा कार्की रहेका छन् ।

विगत कार्य समितिका प्रथम उपाध्यक्ष देवी चरण घिमिरे र सचिव चक्रपाणि मिश्रले नयाँ कार्य समितिमा सदस्यको रूपमा बसेर समाजसेवा गर्ने प्रण गरेकोमा सबैले प्रसंसा गरेका छन् |

सहमतिको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका इन्दिरा त्रिपाठी र झमक निरौलाले एकता समाजलाई भावी दिनमा साँचो अर्थमा यस क्षेत्रको नेपाली बिचको एकता गर्ने संस्थाको रूपमा विकास गर्नको लागि आफुहरुले उम्मेदवारी फिर्ता लिएको बताएकाछन ।

लस एन्जल्स क्षेत्रमा रहेका विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूले अधिवेशन सफलताको लागि शुभकामना प्रदान गरेका थिए । पुरानो कार्य समितिले नवगठित कार्यसमितिलाई एकता समाजको कागजपत्र हस्तान्तरण गरेकाछन । नवगठित कार्यसमितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ |

सन् २००५ मा स्थापना भई चार सय पैतालिसको हाराहारीमा सदस्य सङ्ख्या भएको संस्थाले लामो समय देखि साउदर्न क्यालिफोर्नियामा विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।

कार्यक्रममा चक्रपाणि मिश्रले विगतको कार्यकालमा गरेको उत्कृष्ट कार्य बापत प्रेसिडेन्ट पदकद्वारा सम्मान गरिएको थियो ।

 कार्य प्रारम्भ गरेका अध्यक्ष सुर्य प्रसाईले छिट्टै बैठक बसेर सक्रिय रुपमा सामाजिक कार्यका योजना अगाडी बढाउने बताए |