निधन भएका -पाइलट पूर्वमन्त्री दलबहादुर रानाका छोरा

काठमाडाैं फागुन, १४ -शुक्रबार कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा निधन भएका को-पाइलट सन्तोष राना पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका कन्छा छोरा हुन्। रानाका दुई छोरामध्येका कान्छा सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए। रानाले अमेरिकामा तालिम लिएर २०७१ सालमा उडानको लाइसेन्स लिएका थिए। २०७२ साल बैशाखदेखि उनी काष्ठमाण्डप एयरमा सम्बद्ध भएका थिए। रानाको घर पाल्पा हो। अविवाहित राना २७ बर्षका थिए।