बेबी जन्माउँदै माल्भिका

काठमाडौं फागुन, १६-पूर्व मिस नेपाल तथा चलचित्रकी निर्मात्री माल्भिका सुब्बाका लागि वैशाख महिना विशेष छ । उनले यो कुरा आज आयोजना गरिएको चलचित्र ‘हाउ फन्नी’को कार्यक्रममा व्यक्त गरिन् । चलचित्रको ट्रेलर र २ गीत सार्वजनिक गरिएको कार्यक्रममा माल्भिका उत्साहित देखिइन् ।
माल्भिकाले भनिन्-‘वैशाख १० गते मैले निर्माण गरेको पहिलो चलचित्र प्रदर्शन हुनेछ । त्यसको एक सातापछि अर्थात वैशाख १७ गते मेरो पेटमा रहेको बच्चा बाहिर आउनेछ ।’ यसैले पनि आफू दुबै कुराले उत्साहित भएको माल्भिकाको भनाई थियो ।फेसबुकमा तस्बिर पोष्ट गरेर आफू गर्भवती भएको सार्वजनिक गरेकी माल्भिकाले चलचित्रको कार्यक्रममा डेलिभरी समय पनि सार्वजनिक गरिदिइन् । यो चलचित्रको माल्भिका कार्यकारी निर्मात्री हुन् ।
माल्भिका कार्यक्रममा पुगेपछि नायिका प्रियंका कार्की आइपुगेकी थिइन् । उनले माल्भिकासँग तस्बिर खिचाउँदै उनको पेटमा चुम्बन गरिन् ।
निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही मुख्य भूमिकामा छन् । चलचित्रमा केकी र प्रियंका जाशुश यूवतीको भूमिकामा देखिएका छन् । यी दुई पात्रको वरिपरी कथा घुमेको निर्देशक शेर्पाको भनाई थियो ।
कार्यक्रममा केकी र प्रियंकाले यो चलचित्र आफुहरुका लागि विशेष भएको बताए । पहिलो पटक आफूहरु जासुसको भूमिकामा देखिएको भन्दै उनीहरुले च्यालेन्जिङ भूमिका गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा नायिका प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर केक पनि काटिएको थियो ।
२९ लागिन् प्रीयंका कार्की, जान्नुहोस् उनको जीवनका केही रोचक कुरा