विमान दुर्घटनामा निधन भएकोप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, फागनु १४ - कालिकोटमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी पाइलट र को-पाइलटको निधन भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले मृतकहरुप्रति श्रध्दाञ्जली व्यक्त गर्नुभएको छ भने शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति हार्दिक समबेदना प्रकट पनि गर्नुभएको छ ।
प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शिघ्र स्वास्थ्य उपचारको व्यबस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
काष्ठमण्डप एयरको नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान कालिकोटमा आकस्मिक अवतरण गराउने क्रममा पाइलट र दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको ज्यान गएको थियो । अरु ९ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।