हे युवा नेताहरु हो- परिवर्तनको शुरुआत आफ्नै दलभित्रबाट गर्नुहोस !


श्रीकृष्ण भण्डारी .


हे- राजनीतिक दलसम्बद्द युवाहरु हो- देश बनाउन अब धेरै ढिला भैसक्यो | नेपाल एशियाका गरिबतम मुलुकमा दर्ज भैसक्यो | प्रकृतिक स्रोत र साधनमा सम्पन्न देश-तपाईहरुको जस्तै मुलधारका पार्टीका नेताहरुको असक्षमता, अयोग्यता र अकर्मण्य नेतृत्वका कारण मुलुक अझै कमजोर हुँदै गएको छ | त्यसैले हरेक पार्टी भित्र नया पुस्ताको हस्तक्षेपकारी भुमिकामा बृद्दी गर्नुका साथै कार्य क्षमता र स्वस्थ्य प्रतिष्पर्धालाई स्थापित गर्न जरुरी छ | त्यसका लागि पार्टीका महत्वपुर्ण स्थानमा पुगेर सुधारको संकेत दिन शुरु गर्नुहोस् | प्रसंग अब हुन गैरहेको काँग्रेसको महाधिवेशनको हो | यसपटक केन्द्रीय समितीमा कम्तीमा ४० प्रतिशत युवाहरु नेतृत्वमा पुग्न सफल बन्नुहोस् |


यहाँ सकारात्मक परिवर्तनका लागि युवाहरुको भुमिका स्थापित गर्ने सवालमा कुरा गर्न खोजिएको हो | बिगतमा हाम्रो नेपालमा युवा शक्तीलाई सकारात्मक परिवर्तन भन्दा पनि विध्वंशात्मक कार्यमा बढी उपयोग गरीएको अवस्था थियो | आजभोली -विदेशमा श्रम गर्ने शक्तीमा रुपान्तरण गरिदैछ | यो प्रबृत्तीले गर्दा स्वदेश निर्माणमा युवाहरुलाई पन्छाएर शासन सत्तामा निस्कामी, विरामी असक्त र रोगी बुढापाकाहरुको बाहुल्यता देखिन्छ | कमसेकम यस पटकको महाधिवेशनबाट काँग्रेसी युवा नेताहरुले त्यो परम्पराको अन्त्य गर्न सक्नुहोस भन्ने शुभकामना छ |

समय बदलिसकेको छ | कोशी गण्डकी र कर्णालीमा धेरै पानी बगि सकेको छ | ६५ बर्षभन्दा लामो संघर्ष र विभिन्न समयका ऐतिहासिक जन-आन्दोलनका कारण मुलुकमा जनताले जनताकै लागि संविधान जारी गरिसकेका छन् | नागरिकहरु अधिकार सम्पन्न भैसकेका छन | 'लोकतान्त्रिक गणतन्त्र' सहितको संविधान आईसकेपछी मुलुकले अबका एजेन्डाहरु र काम गर्ने क्षमता र कार्य शैली र नेताका नियतमा आमुल परिवर्तन खोजीरहेको अवस्था छ!

त्यसैले नेपालीले चाहेको परिवर्तन- शान्ती, न्याय र शुसासनका माध्यमबाट मुलुकको द्रुततर आर्थिक विकास नै हो ! र त्यसका लागि युवा शक्तीको अहंम भुमिका रहन्छ! अब हरेक नेपाली युवाले विकासको एजेन्डालाई राजनीतिक, धार्मिक, जातीय वा अरु कुनै बाहानामा असर पर्ने कुनै पनि काम गर्न वा हुन्नबाट रोक्न सक्नु पर्छ! लाखौ नेपाली युवाहरुको भविष्य माथी ६५ बर्ष नाघेका र समयको हाँक र चुनौतीलाई बुझ्न नसक्ने रोगी र असक्त जो कोहीबाट पनि कुशासित हुनु पर्ने दुर्भाग्यपुर्ण पीडाको अन्त्य अब तपाईहरु मिलेर गर्न सक्नु परेको छ |

नेपाल निर्माण गर्नका लागि अब सकारात्मक भएर विकासका लागि सही आचरण, शैली, सोचाई र काम गराईमा व्यापक परिवर्तन गर्न सक्नु परेको छ | "परिवर्तनका लागि युवा" अभियान- लोकतान्त्रिक विधीबाट मुलुकको मुहार फेर्ने कार्यमा 'युवा शक्त्ति'लाई रेशनल र क्रियाशिल' गर्नु/गराउनु र त्यसका लागि युवाहरुको साझा फोरम निर्माण गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ |

यसै सन्दर्भमा मुल धारका सबै राजनीतिक दलहरुमा युवाहरुको अहं भुमिका खोज्नु र स्थापित गर्न सक्नु परेको छ | नेपालको सबैभन्दा ठुलो र पुरानो दलको आसन्न महाधिवेशन मार्फत दलभित्र बढीभन्दा बढी युवाहरुलाई महत्वपुर्ण भुमिकामा स्थापित गर्न/गराउन सहयोगी भुमिका निर्वाह गर्नु आगामी एकाध महिनाका लागि यस अभियानको लक्ष्य निर्धारण गरिएको छ | त्यसैले हे- युवाहरु हो-अघी बढ |

हिजोका दिनमा लडाई लड्दा तिमीहरु अग्र पंग्त्तीमा थियौ- अब देश बनाउने कला र क्षमता निर्माणमा पनि उत्तीकै अग्रसर हुन सक |

आगे तपाईहरुकै मर्जी!! समयले कहिल्यै पर्खदैन! शुभकामना छ!


भर्जिनिया अमेरिका 

,