नेपाली राजनीतिका यी 'अशल' नेताको पहिचान गर्न नभुलौ




कृष्ण सादगी

यो आलेख मैले कुनै व्यक्तीको गुणगान गाउन तयार गरिएको हैन। म 'रेशनल' भएर भन्न सक्छु कि मैले यहाँ बढाई चडाई गरेर गलत लेखेको छुईन। नेपाली राजनीतिमा 'असल'मानीसहरु कमजोर बन्न बाध्य नहुन् भन्ने 'असल आशय'ले मात्र यो तयार गरिएको हो। आलेखका विषयमा म टिका टिप्पणी र सुझावको प्रतिक्षामा रहनेछु।

लेखक 
समकालीन राजनीतिक युवाहरुमा विश्वप्रकाश शर्मा निक्कै लोकप्रिय नाम हो। उनी सरल र निडर छन्। प्रष्ट बैचारिक भिजन प्रवाह गर्न सक्ने लोकप्रिय लेखहरुका कारण बौद्धिक बर्गमा पनि उनको उचाई निक्कै माथी छ।

उनको लेखन जति प्रभावशाली छ त्यती नै उनी शालीन, भद्र, निस्ठावान, ईमान्दार र भरोसा गर्न लायक नेता छन्। मैले बुझेसम्म 'गलत'लाई गलत भन्न उनी कुनै गुट उपगुट वा दलको मान्छे भनेर पछी पर्दैनन्। उनका लेख र विचारहरु पढेमा त्यो प्रमाणित हुनेछ। बरु शर्मा 'राजनीतिक नेता'मा मात्र सिमित छैनन्  उनी सामाजिक जिवनका हरेक पहलु, तह र तप्कामा पनि त्यतिकै शसक्त र सफल अभियन्ता हुन्।

भुकम्पले पहाड दुखेको बेला 'मेची अभियान' मार्फत सबै राजनीतिक दलका स्थानिय युवा नेताहरु र सामाजिक जिवनका सबै पक्षलाई समेटेर ठाँउ ठाँउमा पुगेर राहत उद्दार र टहरा निर्माणमा जुटेका थिए उनी। मधेश जलीरहेको बेला सबै प्रभावित जिल्लाहरुमा पुगेर स्थानीय जनताको भावना बुझ्दै संविधानका सबल पक्षबारे बुझाएर आएका थिए उनले। बहुमुखी प्रतिभाका धनी शर्माले साहित्य, कला, संगित, खेलकुद लगायत, नेपाली राष्ट्रिय जिवनका हरेक पहलुसहित नेपाली डायोस्पोरामा समेत बलियो उपस्थिती जनाउँदै आएका छन्।

मेचीदेखी महाकालीका दिनदुखी कार्यकर्ताहरुमा सकेसम्म मल्हम पट्टी गर्न उनी पुग्ने गर्छन्। बाढी, पैरो, जंगली हात्तीको प्रकोप जस्ता हरेक विपत्तीमा उनले पीडित जनताका घरदैलोमा पुगेर साथ दिएका छन्। समावेशिता उनको कार्यशैली हो। उनी समग्रमा नेपाली राजनीतिक आकाशका एक उदियमीन चम्किला तारा हुन्।

उनी काँग्रेस मार्फत मुलुकलाई नै नयाँ भिजन र जिवन दिनसक्ने हैसियत राख्दछन्। उनी जे बोल्छन् र जे लेख्छन् त्यो उनको जिवन शैलीमा उत्तिकै प्रतिबिम्बित हुन्छ। आजको नेपालमा राजनीति 'खराब' भएर जनता निरास भएको अवस्थामा सबैमा सकारात्मक उर्जा भर्दै राजनीतिलाई नै 'अशल' बनाउन सक्ने भिजन र प्रतिबद्दता उनमा भेटिन्छ।

नेपाल विध्यार्थी संघको ईतिहासमा आफ्नो २ बर्षे निर्वाचित अध्यक्षको कार्यकाल भित्रै सफलतापुर्वक चुनाव गराएर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न सफल उनले आफुलाई 'उदाहरणीय नेतृत्व र व्यक्तित्व'को पहिचान व्यबहारबाटै प्रमाणित गरेर देखाएका छन्।

म १६ बर्षको हुँदा मैले पहिलो पटक विश्वप्रकाश शर्मालाई २०४६ को जनआन्दोलन शुरु हुनअघी मेची बहुमुखी क्यम्पस भद्रपुर झापामा देखेको थिएँ। उनले त्यहाँ दिएको पहिलो भाषणबाट प्रभावित भएर म पनि प्रजातान्त्रिक आन्दोलनमा होमिएको थिँए। करिब १० बर्ष अघि भ्रष्टाचारविरुद्धको सामाजिक अभियानमा क्रियाशिल रहदैगर्दा मैले केही समय उनीसँग निकट रहेर काम गर्ने मौका पाएको थिए। मलाई लाग्छ- उनमा मुलुक बनाउने जुन भिजन, प्रतिबद्दता, ईमान्दारीता, समर्पण र भद्रता छ- समकालिन राजनीतिज्ञहरुमा त्यो विरलै देख्न पाईन्छ।

मलाई लागिरहेको छ कि यस पटकको महाधिवेशनका हरेक विवेकशील मतदाताले विश्वप्रकाश शर्मालाई मत हालेरै छाड्नेछन्। उनलाई भारी मत दिएर केन्द्रीय कार्य समितिमा ओजनदार ढंगबाट स्थापित गरेरै छाड्नेछन्। म आव्हान गर्न चाहन्छु कि महाधिवेशनका  हरेक विवेकशिल मतदाताहरुले उनलाई चिनुन र न्याय गरुन्।

मेरो हार्दिक कामना छ- सदस्य पदमा सबैभन्दा बढी मत उनैले प्राप्त गरुन्न्। विश्वप्रकाश शर्मा जस्ता युवा नेताको देशमा ठुलो खाँचो छ। पार्टीभित्र उनको बलियो उपस्थितीले हरेक युवाहरुमा नवीन उर्जा भर्नेछ। काँग्रेसलाई मात्र हैन देशका लाखौ युवाहरुमा नयाँ जोस जाँगर र हौसला सिर्जना गर्नेछ।

हाल म केही बर्षदेखी वासिंगटन डिसीमा छु। उनको चुनावी अभियानमा प्रत्यक्ष सहभागी हुने मौका गुमाउनु पर्दा निक्कै नरमाईलो लागिरहेको अवस्था छ। एउटा असल नेतालाई आवश्यक परेको बेला साथ दिनु मेरो कर्तब्य पनि हो।

 परदेशमै भए पनी मेरो उनलाई अग्रिम/हार्दिक शुभकामना छ ।