म्याग्दी समाज अमेरिकाको छैठौ बार्षिक साधारण सभा सम्पन्न



चिम्खोले
 ठिटो .

बाल्टिमोर अमेरिका, फेब्रुअरी १ |

म्याग्दी समाज अमेरिकाको छैठौ बार्षिक साधारण सभा आईतबार भब्यताका साथ सम्पन्न भएको छ | कार्यक्रमको प्रमुख अतिथि महाबाणिज्य दुत प्रेमराजा महत हुनुहुन्थ्यो |

कार्यक्रमको उदघाटन समारोहमा आइएलएनएसका संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुबेदी, एनआरएन अमेरिका का उपाध्यक्ष रविना थापा, म्याग्दी समाजका संस्थापक अध्यक्ष पारसमणि श्रेष्ठ, मोनाका रिजनल प्रेसिडेन्ट मोहन थापा, नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्मा, समाजका निबर्तमान अध्यक्ष बुद्धि शेरचन, लांघाली एशोसियसनका निबर्तमान अध्यक्ष दल रोका लगायतका व्यक्तित्वहरुले बोल्नु भएको थियो |

साधारण सभाको खुल्ला सत्रमा संस्थालाई सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो | साथै  समाजमा उल्लेख्य भूमिका निभाउने व्यक्तित्वहरु साहित्यकार तथा गीतकार चिम्खोले ठिटो र साबि थापालाई सम्मान गरिएको थियो | सोहि अवसरमा समाजका आजीवन सदस्यहरुलाई पनि सम्मान गरिएको थियो |

बन्द सत्रमा समाजकी कोषाध्यक्ष आशा पुनले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो | बानाका पूर्व अध्यक्ष क्रिस घिमिरेले समाजको विधानका बारेमा छलफल चलाउनु भएको थियो |

समाजका अध्यक्ष रामप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष अमर छन्त्यालले स्वागत गर्नु भएको थियो | कार्यक्रमको संचालन सचिव ईन्द्र बहादुर थापाले गर्नु भएको थियो |

तस्बिरहरु: चिम्खोले