पूर्वमुस्ताङे राजाका सम्पत्ति अंशबन्डा हुने, दरबार भने भागबन्डा नहुने

काठमाडौं फागुन,७ -मुस्ताङे राजको सम्पत्तिसम्बन्धी ५५ वर्ष लामो विवाद अन्त्य भएको छ ।  मुस्ताङी पूर्वराजा जिग्मी परवल बिष्टको सम्पत्ति दुई भागमा बन्डा हुने पुनरावेदन अदालत बागलुङको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि विवाद अन्त्य भएको हो ।
फैसलामा अन्य सम्पत्ति अंशबन्डा भए पनि उनको पुरानो दरबार भने सरकारकै हुने उल्लेख भएको  छ ।
पाँच दशकदेखि चलेको उनको सम्पत्तिसम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्चले बिहीबार गरेको निर्णयअनुसार जिग्मे र उनकी भाउजूबीच सम्पत्ति बन्डा हुने भएको हो ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशील कार्की र गोपाल पराजुलीको पूर्वराजाको दरबार पुरातात्विक महत्त्वको भएकाले भागबन्डा नलाग्ने फैसला गरेको छ ।
तत्कालीन मूस्ताङे राजा ओङगल जिम्बा परबलका तीन छोरा मध्ये दुईजना पालैपालो राजा भएका थिए ।
२०१५ सालमा जेठा छोरा न्याङबो परबलको मृत्युपछि  कान्छा जिग्मी परबल राजा भएसँगै उनीहरुको सम्पति विवाद सुरु भएको हो । जिग्मीले भाउजू डिकी डोलकर र उनका सन्तानलाई दरबारबाट निकाला गरेपछि विवाद सरु भएको थियो ।