नेतृत्व उमेरले होइन सोचले युवा हुनु जरुरी



  प्रकाश श्रेष्ठ
मानिस जव जन्मिन्छ, हुर्कन्छ, बढ्छ ,युवा हुँदै विस्तारै बुढो हुने गर्दछ । यो एउटा जिवन चक्र  हो, यसक्रममा शारिरीकरुपमा वृद्धि र विकास हुनुको साथै मस्तिष्कको वृद्धि र विकास हुने क्रम पनि उमेर बढ्दै जाँदा क्रमस: हुँदै जान्छ । जव मानिस युवा अबस्थाबाट अगाडी बढ्छ तव शारीरिक एवं मानसिकरुपमा पनि परिपक्क बन्दै जिम्मेवारितामा सजक र काम प्रति पुर्ण उत्तरदायी बन्ने सोच तथा व्यवहारमा सचेत बनेको देख्न सकिन्छ ।

किशोर वा युवा अवस्थामा नै मानिसहरुले जिवनका धेरै पक्षहरुलाई जिम्मेवार बनेर सम्हाल्नु पर्ने साथै वृति विकास(Carrier Development) गर्ने काम,पारिवारिक जन्जालमा जेलिने र पारिवारिक जिम्मेवारी पुरा गर्ने कार्य समेत अगाडी बढाउनु पर्ने हुन्छ | यो वेलामा मस्तिष्कलाई सक्रियरुपमा उपयोग पनि गर्न सकिन्छ ।यती भनिरहँदा उमेर ढल्किदै जाँदा मस्तिष्कको कृयाशिलतामा केही कमी आउन सक्ला तर नियमितरुपमा  मानसिकरुपमा सकृय हुने कृयाकलाप गर्ने र मस्तिष्कलाई बौद्धिक अभ्यासबाट सकृय बनाईरहने हो भने वृद्ध उमेरमा समेत युवाहरुको भन्दा तिष्ण स्मरण शक्ती बनिरहन सक्छ ।

               अहिले नेपालमा सबैतिर युवाहरुको सकृयताको आवस्यकता छ भन्ने कुराहरु चर्चा-परिचर्चा चलिरहेको छ । अझै राजनितीमा युवा नेतृत्वको खाँचोलाई तड्कारोरुपमा औल्याउँदै आएको पनि पाईन्छ । एक हिसाबले यसलाई सही मान्न पनि सकिन्छ किनकी युवा जमात(१६-४० बर्ष उमेर समुह) ले शारिरीक एवं मानसिक रुपमा सबै खाले कार्यहरुमा सकृयता देखाउन सक्छन् । यति भनिरहँदा ४० बर्षभन्दा माथीको उमेर समुहमा पर्ने व्यक्तीहरु शारीरिक एवं मानसिक तवरले सबै खाले कामका लागी त्यती सारो उपयुक्त हुँदैनन् भन्ने कुरा तर्कसंगत मान्न सकिदैन किनकी विश्वभरि र नेपालमा समेत मानिसहरुको औसत आयुमा क्रमश:बृद्धी भईरहेछ । जापान, अष्ट्रेलिया, स्वीजरल्याण्ड, स्वीडेन, सिंगापुर, Hong kong लगायत  कतिपय देशहरुको औसत आयु (Life Expectancy) नै ८० बर्ष भन्दा माथी पर्दछ भने ती देशहरुमा कम्तीमा ७०-७५ बर्ष सम्मको मानिसहरु सामान्यतया शारिरीक एवं मानसिकरुपमा कार्य गर्न कृयाशिल रहेको देखिन्छ । यसलाई आधार बनाउने हो भने पनि नेपालमा समेत अहिले करिब ६५ बर्ष सम्मको उमेरमा मानिसहरु सामान्यरुपमा शारिरीक एवं मानसिक रुपमा सकृय जीवन बिताउन सक्ने अवस्थामा  रहने देखिन्छ । अझै भन्ने हो भने यदी मानिसहरुले शारिरीक र मानसिकरुपमा तन्दुरुस्त रहन स्वास्थ्य रहने उपायहरु माथी सजक रहने, नियमित शारिरीक व्यायाम लगायत कार्यमा सहभागिता देखाउने, नियमित स्वास्थ्य परिक्षण गर्ने, स्वस्थकर आहार-विहारमा ध्यान पुर्याउने हो भने अझै माथिल्लो उमेर समुहकाले समेत सकृयरुपमा दैनिक कार्यसम्पादन गर्न सकिने सम्भावना देखिन्छ ।

          उमेर ढल्किदै जाँदा शारिरीकरुपमा बल प्रयोग गर्नु पर्ने काम त्यती धेरै गर्न नसकिएला तापनि मानसिकरुपमा गर्नु पर्ने काम जस्तै लेखपढ,बौद्धिक निर्णयमा कृयाशिलता, खोज-अनुसन्धान सम्बन्धी कामहरु आदीको सकृयतामा भने कमी नआउन सक्छ । हाम्रो दिमागलाई जति सकृय बनायो त्यती नै स्मरण शक्तीमा वृद्धि हुने एवं मानशिकरुपमा परिपक्कता कायम हुने हो । यदी कुनै व्यक्ती उमेरले कम छ तरपनि बौद्धिक कृयाकलापमा,अध्ययन कार्यमा निकै कम सकृय छ भने उसको मानसिक क्षमता , स्मरण शक्ती, निर्णयमा परिपक्कता कम हुन सक्छ भने अर्को तर्फ उमेरले बुढेसकालमा पुगेको व्यक्ती पनि नियमित अध्यायन गर्ने, लेखन कार्यमा सकृयता, खोज-अनुसन्धानमा समर्पित छ भने उसको मानशिक क्षमता एवं स्मरणशक्ति, निर्णयमा परिपक्कता, भविष्यद्रष्टा, सोचको दायरा फराकिलो, सिघ्र निर्णय लिन सक्ने जस्ता गुणहरुले भरिपुर्ण हुन सक्दछ ।
             यसरी हेर्दा उमेरले युवा हुँदैमा मानसिकरुपमा सकृयता बढी हुन्छ, कार्यक्षमता बढी हुन्छ, निर्णय शक्तीमा परिपक्कता हुन्छ, स्पष्ट दृष्टिकोण अपनाउन सक्छ, छिटो -छरितो निर्णय लिने र कामप्रति जिम्मेवार हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन र उमेरले कम हुनेहरु पनि व्यवहार र सोचले वृद्ध भएजस्तो देखिन्छन् भने अर्को तर्फ उमेरले पाको र वृद्ध हुनेहरु पनि स्मरण शक्ती, मानसिकरुपमा सकृय, सोचमा परिपक्कता आदीले गर्दा जवान -तन्नेरी जस्तै देखिन्छन् । भन्नुको अर्थ उमेरलाई नै युवा र जवानको मापन गरि युवाहरु नै सबै ठाउँमा सर्वेसर्वा हुन्छन् भन्ने सामान्यिकरण((Generalization) गर्ने काम कतिपय सन्दर्भमा उपयुक्त नहुन सक्छ । जस्तो की कुनै पनि क्षेत्रको नेतृत्वको सवालमा कुरा गर्दा यदी उमेरले पाको व्यक्ती पनि अनुभव र अध्यायन बाट खारिएको छ भने युवाहरुले भन्दा राम्रो तवरबाट नेतृत्वलाई कामयाबी बनाउन सक्छ |

अहिले नेपाली राजनितीमा चल्दै आएको युवाहरुलाई नेतृत्व तहमा पुर्याउने जुन अवधारणाहरुले चर्चा पाएको छ । यसलाई एकपक्षिय ढंगबाट सोच्ने हो भने हामीले सही न्याय दिन सक्दैनौ । किनभने युवाहरुमा कतिपय समयमा धेरै जोश र कम होश हुने गरेको पनि देखिएको छ भन्नुको मतलव सबै युवाहरु व्यवहार, सोच, दृष्टिकोण, कार्यदक्षतामा परिपक्क छैनन् भन्न खोजीएको हैन । युवाहरुले उमेरले वृद्ध हुनेहरु मानौ ६५-७० बर्ष पार गरेकालाई पुर्णरुपमा विस्थापित गर्नु पर्छ भन्ने मान्यताहरु पनि त्यति सान्दर्भिक ठान्न सकिदैन ।
      छिमेकी देश भारतकै राजनितिक ईतिहासलाई हेर्ने हो भने युवा अवस्थामा देशको प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ती राजीव गांधी हुन् उनले करिब ४१ बर्षको उमेरमा उक्त पद सम्हालेका थिए भने अन्य प्रधानमन्त्रीहरु प्रायः करिब ५५ बर्ष भन्दा माथी कै उमेरमा उक्त पद सम्हालेको देखिन्छ । भारत बेलायती उपनिवेशबाट मुक्त बनिसकेपछि पहिलो पटक प्रधानमन्त्री बनेका जवाहरलाल नेहरु देखि इन्दिरा गान्धी, मोराजी देसाई, बि.पि.सिंह, चन्द्र शेखर, पि.बि.नरसिंह राव, अटल वियारी बाजपेयी , मनमोहन सिंह, नरेन्द्र मोदी लगायत अधिकांश उमेर ढल्केपछि नै प्रधानमन्त्री बनेका हुन् र अझै भन्ने हो भने मोराजी देसाई ८१ बर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । हुन त नेपालमा अधिकांश प्रधानमंत्रीहरु उमेरले वृद्ध अवस्था लाग्दा नै बनेका छन् र युवा अवस्थामा कमैले अवसर पाएका छन् । संभव त राणाशासनमा प्रधानमन्त्री बनेका जंगबहादुर राणा सबै भन्दा कम उमेरमा प्रधानमन्त्री बनेका थिए त्यस पश्चात वि.सं.२००७ मा प्रजातन्त्र आए पश्चात करिब ४५ बर्षको उमेरमा बि.पि.कोईराला प्रधानमंत्री बनेका थिए । त्यस्तै हाल चीनका प्रधानमन्त्री Li Keqiang र राष्ट्रपति Xi Jinping दुबै ६० बर्षको हाराहारीमा पद सम्हालेको देखिन्छ । अन्य छिमेकी मुलुकहरुमा हेर्दा पनि करिब यस्तै अवस्था देखिन्छ । त्यस्तै विकसित देश अमेरिकाको कुरा गर्दा बेलायतबाट स्वतन्त्र भएपछि निर्वाचित राष्ट्रपतिहरुले मध्ये कम उमेरमा राष्ट्रपति बन्नेहरुमा Theodore Roosevelt (43 years), John.F Kennedy (44 years) र Barack Obama (48 years) लगायतका पर्दछन् ।

            अमेरिका लगायत अहिले विकशित देशको रुपमा गणना गरिने विभिन्न मुलुकहरुमा उमेरले बुढेसकाल लागेकाहरुले समेत देशको नेतृत्व तहमा रहेर प्रभावकारी भुमिका खेलेको देखिन्छ । देशको राजनैतिक नेतृत्व होस् वा अन्य क्षेत्रको नेतृत्व नै किन नहोस् कुशल एवं सक्षम गतिशिल नेतृत्वका लागी उमेर बाधक हुँदैन । बाधक बन्ने चिज भनेकै व्यक्तीवादी प्रवृती र सोचलाई प्रथामिकतामा राख्ने,  देश र जनताको हितलाई भन्दा व्यक्तिगत लाभ र प्रलोभनमा अल्झिएर यथास्थितिवादलाई अंगिकार गर्ने,  राजनैतिक संगठनमा संरचनात्मक एवं गतिशिल परिवर्तनलाई आत्मसाथ नगर्ने, परिवर्तित समयलाई पछ्याउने प्रयत्न नगर्ने ,  परम्परागत मान्यता र भ्रष्ट नियतलाई छोड्न नसक्ने, व्यक्तीलाई केन्द्रमा राखेर संगठनात्मक एवं नितीगत निर्णय गर्नु, स्पष्ट कार्यदिशा एवं दृष्टिकोणको अभाव हुनु , आधुनिक विकासका संयन्त्रलाई प्रयोग गर्न नसक्नु , अस्वस्थ राजनैतिक अभ्यास गर्नु, विपक्षीको विरोधका स्वर एवं अपिललाई संवेदनशील बनेर नसोच्नु, परिवर्तनलाई संस्थागत गर्न नसक्नु, व्यवहारमा भन्दा भाषणमा बढी जोड़ दिनु , सत्तामुखी राजनितीलाई आत्मसात गर्दै साम,  दाम , दण्डभेदको प्रयोगबाट सत्तामा पुग्ने चरित्र प्रदर्शन गर्नु ,  जनमतको कदर नगर्नु,दुर्दर्शिताको अभाव,  चुनौती एवं जोखिम मोल्न सक्ने क्षमताको अभाव आदी कारणहरुले गर्दा नै नेपाल जस्तो देशमा नेतृत्वले सहीरुपमा कार्य गर्न नसकिरहेको अवस्था हो ।

            विश्वका अधिकांश देशहरुमा उमेरले बुढेसकालमा पुगेका व्यक्तीहरुले नेतृत्व गरेको राजनैतिक दलका नेताहरु सरकारमा पुगेर सत्ता सम्हालेर समेत देशको आर्थिक, सामाजिक, राजनितिक , सांस्कृतिक पर्यावरणीय , प्राविधिक जस्ता सबै क्षेत्रमा उल्लेखनिय सुधार र विकाश गरेको हामी देख्न सक्छौ । अत: युवाहरुले नेतृत्व लिदैमा चमत्कारी तवरबाट देशमा परिवर्तन र विकास हुन सक्छ भन्ने मान्यता पुर्णरुपमा सत्य हुन सक्दैन । यती हुँदाहुँदै पनि नेपालको सन्दर्भमा युवाहरुलाई राजनैतिक लगायत हरेक क्षेत्रमा नेतृत्वको जिम्मेवारी दिएर उनीहरुले गर्ने क्रियाकलापहरुको एकपटक परिक्षण गर्ने हो भने परिणाम कस्तो निस्कने थियो त्यो हेर्नलाई अधिकांश जनताहरु लालयित भएकोले सबै राजनैतिक संगठनहरुले यस तर्फ ध्यान पुर्याउन आवस्यक देखिन्छ ।

      बाल्टिमोर, अमेरिका |