निश्चितलाई सहयोग गर्न बानाको अनुरोध


बाल्टिमोर एसोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना)ले  बाल्टिमोरको जोन्स हप्किन्समा उपचार गराइरहेका निश्चित श्रेष्ठको परिवारलाई सहयोग गर्न हार्दिक अपिल गरेको छ |

बानाका बरिष्ठ उपाध्यक्ष अनु वन्तले श्रेष्ठको परिवारलाइ भेट गरेपछि समितिका पदाधिकारीहरुको अनौपचारिक छलफलले यो अपिल गर्ने निर्णय गरेको हो | वन्तले द नेपाल टुडेसंग भन्नुभयो, "पांच पटकसम्म सर्जरी गराएका निश्चितको अवस्था अझै चिन्ताजनक रहेछ | उनलाई स्याहार गर्न आएका आमा र बहिनीले पनि आर्थिक समस्या भोगिरहेको मैले पाएँ |"

उहाले थप्नुभयो, "निश्चितको परिवारलाई सहयोग गर्नका लागि गो फण्ड मी मा अकाउन्ट खोलिएको रहेछ | त्यसमा सबैले सहयोग गरौँ |"

बानाका अध्यक्ष कुलमणि आचार्यले द नेपाल टुडेसंग कुरा गर्दै श्रेष्ठको परिवारमा निश्चितको स्वास्थ र आर्थिक समस्या एकै पटक आईपरेकोले सबैलाई सहयोग गर्न आग्रह गर्नु भएको छ |

यस्तो छ निश्चितको बारेमा द नेपाल टुडेले दुई महिना आगाडी छापेको समाचार

नेपाल , ललितपुर उप महानगरपालिका वडा न ४ बागडोल घर भएका निश्चित श्रेष्ठ हाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरको जोन्स हप्किन्स अस्पतालमा उपचारार्थ भर्ना भएका छन् | अमेरिकाको भर्जिनिया राज्यको माउन्टेन स्टेट विश्व बिद्यालयबाट स्नातक भै जागिरको शिलशिलामा सिकागो राज्यबाट फर्किदा फ्रेड़ेरिक् मेरिल्याण्ड राज्यमा साथीसंग भेट्न जाँदा अचानक टाउको दुखेकोले फ्रेडेरिक अस्पतालमा जचाउन जाँदा ब्रेन ट्युमर भएकोले तुरुन्तै सल्यक्रिया गर्नु परेको थियो |

सल्यक्रिया भएता पनि पुन समस्या देखा परेकोले फेरी २- ३ पटक सल्यक्रिया गर्नु पर्ने भएकोले सल्यक्रिया सकेर पुनर्सुधार(रिहाब)मा बसेको बेला अचानक पुन: शल्यक्रिया गर्नु परेकोले जन हप्किन्स अस्पतालमा भर्ना भै उपचार गराई रहेका छन्  |

बिरामी निश्चित श्रेष्ठको आमा भूमा कुमारी भण्डारी तथा बहिनि नयना श्रेष्ठ नेपाल बाट गत २०१५ को अक्टोबरमा आउनु भै रेखदेख गर्दै हुनु हुन्छ | पटक पटकको सल्यक्रिया तथा अन्य बिबिध खर्च धेरै भएकोले अरु थप खर्च धान्न नसक्नु हुने भएकोले गर्दा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी बाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ |

यस्तो विषम परिस्थितिमा तपाई हामीले कति सहयोग गर्न सकिन्छ ? यसको साथै गो फर फन्ड मार्फत पनि आर्थिक सहयोग गर्न सक्नु हुनेछ |

https://www.gofundme.com/nischeet

कृपया तलको ठेगाना तथा ब्यक्तिहरुसंग सम्पर्क गर्न सक्नु हुनेछ |

भूमा भण्डारी -आमा -२४०-५०६-०५६६
नयना श्रेष्ठ -बहिनि -२४०-४०९-६७८०
मिलन राई - ४४३-९३९-६०६४
केमिका भण्डारी -४१०-२९९-१२९९
सीता पाण्डे -६४६-७०२-४४९४
प्रकाश नेपाल -७०३-८६४-४१४१
बिनय अर्याल - ७०३-८५५-८५८१
हरि पुडासैनी -५७१-२१५-२४२२