कस्तो छ कांग्रेस नेता नरहरि आचार्यलाई ?



काठमाडौँ, फेब्रुअरी २१ |

 काठमाडौं:  कांग्रेस नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन । 
६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।