संजय दत्‍त रिहा हुँदै

एजेन्सी फागुन, ११ -भारतीय चलचित्र अभिनेता संजय दत्त महाराष्ट्रको यरवदा जेलबाट बिहीबार बिहान रिहा हुँदैछन्। दत्त १२ मार्च, १९९३ को मुंबई विस्फोट मामलामा अवैध हथियार राखेको अभियोगमा तोकिएको पाँच बर्षमध्येको बचेको सजाय काट्दै थिए।दत्त जेल बाहिर निस्कदा उनकी पत्नी मान्यता र परिवारका सदस्य उनलाइ लिन त्यहाँ पुग्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। दत्तको रिहाइ खबरले उनका फ्यानहरू खुसी भएका छन्। दत्तको रिहाइ अवसरमा एक होटल सञ्चालकले 'चिकन संजू बाबा' डिश फ्री मा बाँड्ने घोषणा गरेका छन्।