काठमाडौंसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं फागुन, १६ – काठमाडौं उपत्यकासहित पूर्व, मध्य र पश्चिम पहाडका केही ठाउँमा बेलुकीपख मेघगर्जनसहित क्षणीक वर्षा हुने मौसमविदले बताएका छन् ।
भारतको बिहारमा रहेको न्यूनचापिय प्रणालीको असरका कारण क्षणीक वर्षा हुने अनुमान गरिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार तुलनात्मक रुपमा पूर्वको मौसम बढी बदली भइ मेघ गर्जसहित पानी पर्ने सम्भावना छ ।
पश्चिम र मध्य क्षेत्रमा आशिंक बदली हुने अनुमान गरिएको उहाँले बताउनुभयो । शनिबार  दिपायलमा ५ दशमलव ३ मिलिमिटर पानी परेको छ । काठमाडौं र धनकुटामा भने फाट्टफुट्ट मात्र पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।