साग : नेपाललाई दोस्रो स्वर्ण

काठमाडौं फागुन, ३ – भारतमा चलिरहेको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण पदक जितेको छ । नेपालकी फुपु ल्हामु खत्रीले सोमबार जुडोमा स्वर्ण पदक जितेकी हुन् । राउण्ड रोबिनमा भएको खेलमा नेपालकी खत्रीले बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । जारी सागमा नेपालको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उसुमा निमा घर्तीमगरले स्वर्ण पदक जितेकी थिइन् । जारी सागमा नेपालको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उसुमा निमा घर्तीमगरले स्वर्ण पदक जितेकी थिइन् ।