को को थिए बिमानमा ?



पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको 9NAHH ट्वीनअटर विमान सम्पर्कबिहीन भएको छ।

सम्पर्कबिहीन रहेको तारा एयरको उक्त विमान बरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए। विमानको कोपाइलट विकेश एमफूल र एअर होस्टेस रमा रावल छिन्।

यसैगरी विमानमा थेन्जोङ गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार रहेका छन्।

सम्पर्कबिहीन रहेको विमानमा बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन र मोतीबहादुर केसी सवार रहेका छन्।

दुई जना शिशुको भने नाम खुलेको छैन |