अमेरिका र अष्ट्रेलियाको दुनियाँ बेग्लै छ (पप म्युजिक भिडियो)


काठमाडौं, २ फागुन । अमेरिकामा बस्ने निक्की कार्की र अष्ट्रेलियामा बस्ने समीर आचार्यको दुनियाँ बेग्लै छ । उनीहरुको दुनियाँमात्रै बेग्लै छैन उनीहरुले आफ्नो नयाँ कोसेली “दुनियाँ बेग्लै छ” लिएर आएका छन् स्रोतादर्शकमाझ ।
“दुनियाँ बेग्लै छ” लिएर आउने मध्येका एक गायक हुन् दाङकै समीर आचार्य । गायिका निक्की अमेरिकामा बस्छिन् भने गायक समीर अष्ट्रेलियामा । यो गीतमा संगीत भरेका छन आशीष अविरलले भने शब्द रहेको छ आनन्द अधिकारीको । दुनियाँ बेग्लै छ बोलको यो गीत अति नै कर्णप्रिय रहेको छ ।
निर्देशक प्रशन्न पौडेलले अमेरिकाबाटै स्काइपमा डाइरेक्सन गरेको यस गीतमा मोडेलहरु पुष्प र तनुजा गुरुङ रहेका छन् । यस गीतलाई दर्शकस्रोता सामुमा पुराउनका लागि “दुनियाँ बेग्लै छ” “दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ” भन्ने मूल नाराका साथ नृत्य प्रतिष्पर्धाको आयोजना गरिएको छ । यो प्रतिष्पर्धालाई युएसखबर अनलाइनले प्रस्तुत गरेको छ ।
उक्त प्रतिष्पर्धाको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज रहेको छ । नृत्य विधामा रहेको यस “दुनियाँ बेग्लै छ” गीतले नेपाली संगीतमा नयाँ बेग्लै आयाम थप्ने विश्वास गरिएको छ ।
यो गीत सुन्न र हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।