नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्यान्ड च्यापटरका सभापति गम्भीर दुर्घटनामा

नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्यान्ड च्यापटरका सभापति राजेन्द्र सेन्चुरी गम्भीर दुर्घटनामा परि अस्पताल भर्ना हुनु भएको छ । सेन्चुरीले चलाउनु भएको गाडीलाई अर्को गाडीले पछाडीबाट ठक्कर दिएका कारण  उक्त दुर्घटना भएको बुझिएको छ ।
उहाँको बाल्टिमोरको  (Medstar franklin square medical center MD) अस्पतालमा उपचार भइरहेको छ । जनसम्पर्क समिति मेरिल्यान्डका महासचिव नेत्र के.सी. ले बताउनु भयो ।
यसैबीच सो समितिको भोलिको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पनि महासचिव के.सीले जानकारी दिनुभएको छ ।