ढिस्काेले पुरिएर एक जनाको मृत्यु

जुम्ला, फागुन ११ – जुम्लाको चन्दननाथ नगरपालिक–१२ बयालकाटिया गाउँका २८ वर्षका लाली गिरीको माटाको ढिस्कोले पुरिएर ज्यान गएको छ । गाउँभन्दा दुई सय मिटर पर रहेको ढुङ्गा खानीमा ढुङ्गा निकाल्दै गर्दा सोमबार बेलुका गिरी ढिस्काले पुरिएका थिए ।
पाँच वर्षका छोरा अनिललाई ‘ढिस्को भत्कन सक्छ, हेरेर जानकारी गराउनु’ भन्दा भन्दै गिरी ढिस्कोमा पुरिएका थिए ।  छोराले गुहार मागेपछि गाउँले उद्दारका लागि घटनास्थल पुगेको स्थानीय बासिन्दा भीमबहादुर नेपालीले बताउनुभयो छ । स्थानीय बासिन्दाले दुई घण्टापछि गिरीलाई मृतावस्थामा भेटाएका थिए ।