खोटाङमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

खोटाङ फागुन, १६ – खोटाङको साउनेचौरमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । चिसापानीबाट धाप्लाङका लागि छुटेको को २ त १९८० नम्बरको ट्रयाक्टर पल्टिँदा साउनेचौर–२ का ६० वर्षका नीरबहादुर मगरको घटनास्थलम ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले बताउनुभयो ।
दुर्घटनामा साउनेचौर–७ का ४२ वर्षीय नरनाथ पौडेलको दाहिने भाच्चिएको छ । ट्रयाक्टर शनिबार बेलुका साउनेचौर–२ मा सडकबाट ३५ मिटर खल खसेको थियो । साँघुरो कच्ची सडक भएका कारण ट्रयाक्टर पल्टिएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक फरार छन् ।