लोडसेडिङ दैनिक दुई घण्टा कटौती गर्ने तयारी

काठमाडौं  फागुन १३-नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लोडसेडिङ दैनिक दुई घण्टा कटौती गर्ने तयारी गरेको छ । भारतबाट ८० मेगावाट बिजुली आयात भएपछि आपूर्ति प्राधिकरणले लोडसेडिङ कटौटी गर्ने तयारी गरेको हो । अबदेखि लोडसेडिङ दैनिक ११ घण्टा कायम भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसअघि दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको थियो

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाबेला ८० मेगावाट बिजुली आयात सम्बन्धी सम्झौतामा भएको थियो । सोही सम्झौताअनुसार प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुली आयात सुरु गरेको थियो । लोडसेडिङ कम गर्न अर्को वर्ष हिउँदसम्म ६ सय मेगावाट बिजुली आयात गर्ने सरकारको लक्ष्य छ ।