निगमले झुक्यायो

काठमाडौं फागुन ३- नेपाल आयल निगमले शुक्रबारदेखि सबै पम्पबाट तेल वितरण गर्ने सूचना जारी गरे पनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन् । निगमले तीन दिनदेखि सबै पेट्रोल पम्पबाट तेल वितरण गर्ने बताए पनि उपभोक्ताले भने अझै सहज रुपमा तेल पाएका छैैनन ।
आयल निगमले सोमबार दिउँसो १२ बजेसम्म सवै पेट्रोल पम्पलाई ६ लाख लिटर पेट्रोल दिएको बताएको थियो । राजधानीका अधिकांश पेट्रोल पम्पे उपभोक्तालाई झुक्काएका छन् ।


निगमले पेट्रोल बाँड्ने सूचना जारी गरेपछि सञ्जय सर्भिस सेन्टर, सुन्धारामा लाइन बसेका मनोज कार्की आइतबार साँझ रात छिप्पिएपछि रित्तै घर फर्किए । पेट्रोल पम्प सञ्चालकले थानकोटमा पेट्रोल लोड भएको भन्दै कुराएपछि उनी दिनभर पेट्रोल पाउने प्रतिक्षामा थिए । ‘दिनभर बस्दा पेट्रोल पाइएन, कार्कीले भने,’ हामीलाई तेल दिने भन्दै झुलाउने मात्र काम भयो ।’