काँग्रेसको महाधिबेशनमा भोट कसलाई ?

रबिन बज्राचार्य .

नेपाली काँग्रेसको  आसन्न महाधिबेशनमा  विभिन्न अग्रजहरुले नेत्रित्वको दावि गर्दै आफ्नो पक्षमा मत संकलन गर्ने काम तिब्रताका साथ गर्दै छन् । सुशिलबा, रामचन्द्र बाजे अनि शेर वहादुर काकाको नाम यसरी होमिनेहरुको अग्रपंक्तिमा सबभन्दा अगाडी आउँछ।

यि तिनै जना हाम्रा अग्रजहरु हुन्, नेपालको प्रजातान्त्रिक आन्दोलनमा तिनै जनाले महत्वपूर्ण भूमिका खेलेको कुरा सर्वबिदित नै छ। तिनै जना हाम्रै हुन्। तर समय परिवर्तन भइ सकेको छ। अब हाम्रोलाई भन्दा नि राम्रोलाई निर्वाचित गर्नु पर्ने समय आएको छ।

स्मरण रहोस, यस महाधिवेशनबाट सभापतिमा छानिएको व्यक्ति भोलीको दिनमा प्रधानमन्त्रि बनेर देश र जनताको सेवा गर्ने मौका पाउने छ। यस अर्थमा यो चुनाव नेपाली काँग्रेसको मात्रै चुनाव नभएर देशको भावी प्रधानमन्त्रिको पनि चुनाव हो |

त्यसैले महाधिवेशनका आदरनिय प्रतिनिधि मित्र हो यसपालि हाम्रालाई छोडेर राम्रालाई रोज्नु होस्।

भूकम्पले हल्लाएको देशमा अहिलेसम्म पुनर्निमाणको शुरूवाट भएको छैन | गाउँ गाउँमा हाम्रा आफन्तहरु सहयोगको प्रतिक्षामा बसेका छन्। हाम्रा दक्षिणका अभिन्न मित्रका कारण देशमा इन्धनको अभावले गर्दा देश ढुँगे युगमा फर्किन बाध्य भएको छ। हप्ताको ९० घन्टा भन्दा वढी बिजुली आउँदैन, तैपनि जनता धैर्य गरेको छ।

नेपाली काँग्रेस देशकै सबैभन्दा ठुलो पार्टी भएको नाताले यसको सभापतिमा उठ्ने व्यक्तिले देशलाई कसरी नेत्रित्व दिने भन्ने दस्तावेज स्पष्टरुपमा प्रस्तुत गरेर मात्रै उम्मेदवारी दिनु उपयुक्त हुनेछ। विश्वले आर्थिक क्रान्ति गरेर काँचुली फेर्दै गरेको अवस्थामा नेपालीयुवाहरु दिनानुदिन रोजगारीको खोजाइमा वाध्यताले देश निकाला गरिंदैछ।

त्यसैले हाम्रा आदरनिय मित्रहो देश र जनताको भलाइ हुने योजना लिएर आउनु होस | देशमा भएको अन्धकारलाई हटाउने योजना लिएर आउनुहोस | अनि विदेशी शक्तिको अगाडी नझुक्ने स्वाभिमानी योजना लिएर आउनु होस् | तपाईहरुलाई युवाले साथ दिने छ। नेता भएकै वलमा मात्र तपाईंलाइ नेत्रित्व दिनेछ भन्ने भ्रममा नपर्नुस | त्यो जमाना गइसकेको छ।

सबैलाई शुभ कामना, जय नेपाल !

(रबिन बज्राचार्य अमेरिकाका सक्रिय समाजसेवी हुन् | यो विचार बज्राचार्यको फेसबुकबाट लिईएको हो | -सम्पादक |)

,