सुनको भाउ बढ्यो

काठमाडौं, फागुन ७ – सुनको भाउ बढेको छ । सुन शुक्रबार गएको हप्ताको अन्तिम दिनमा जस्तै तोलामा ५५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस अघि गएको वर्षको कात्तिक महिनामा सुन यही भाउमा कारोबार भएको थियो । अमेरिका, युरोजोन लगायत विश्वका शेयर बजारमा गिरावट आइसुरक्षित लगानीका लागि सुनको माग बढेकाले भाउ पनि उकालो लागेको हो । यो हप्ता सुनको भाउमा खासै धेरै उतारचढाव आएन ।हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा झ¥यो । त्यसपछि मंगलबार ८ सय रुपैयाँले घटेर  तोलामा ५४ हजार ६ सय र बुधवार फेरि चार सय रुपैयाँले बढेर तोलोको ५५ हजार रुपैयाँमा पुगेको थियो ।
बिहीबार भने अघिल्लो दिनकै भाउमा कारोबार भएको सुन शुक्रबार फेरि ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर रहेको र डलर पनि मजबुत बन्दै गएकाले भाउमा उतारचढाव आएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
सुनको बजारमा अस्थिरता बढेकाले पर्ख र हेरको अवस्थामा पुगेको उहाँले बताउनुभयो । यो हप्ता चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो हप्ता तोलामा ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ४० रुपैयाँ छ ।