बेलायती राजकुमार हृयारी नेपाल आउने



काठमाडौं, १३ फागुन । बेलायती राजकुमार हृयारी अर्को महिना पहिलो नेपाल भ्रमणमा आउने भएका छन् ।

हृयारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको थियो । तर, मिति भने बिहीबार घोषणा भएको हो ।

राजकुमार हृयारीले मार्च २० देखि २३ सम्म नेपालको भ्रमण गर्ने तय भएको किङ्सटन प्यालेसले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा हृयारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको छ । साथै उनले भूकम्प पीडितहरुलाई भेट्ने र उनीहरुको अवस्थाबारे जानकारी लिनेछन् ।

साथै उनले पोखरास्थित बिरटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस क्रममा उनले भूकम्प प्रभावित पूर्व गोर्खा सैनिकहरुको अवस्थाबारे समेत जानकारी लिनेछन् ।

साथै उनले एक नेशनल पार्कको भ्रमण गर्ने र ट्रेकिङ समेत जाने छन् । किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’ स्रोत: अनलाइनखबर