गीतकार लोकराज अधिकारीको गीति संग्रह दरार सार्बजनिक


काठमाण्डौ माघ १७ / सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह दरार…टाढा भाकै राम्रो को आइतबार राजधानी काठमाण्डौमा सार्बजनिक गरिएको छ । एल्वमका संगीतकार एबं संगीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, बरिष्ठ पत्रकार एबं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली,संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर,गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्बजनिक गरेको हो । 

एल्बममा गायक प्रमोद खरेल तथा गायिका सबिना भट्टराईको स्वर समाबेश छ । सरगम सञ्चार नेपाल प्राली युएसखवर अनलाईनको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले एल्वमको गीत उत्कृष्ट रहेको भन्दै सफलताको सुभकामना दिएका थिए । 

आमन्त्रीत सबैलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा बोल्दै चर्चीत संगीतकार सन्तोष श्रेष्ठ,संगीत उद्योग संघका पूर्व अध्यक्ष भगवानकुमार श्रेष्ठ, संगीत उत्पादक समाजका सचिव परशुराम रिजाल, रेडियो नेपालका बरिष्ठ सञ्चारकर्मी दिवाकर शर्माले पनि एल्वमको गीत उत्कृष्ट बनाउन रचनाकार ,संगीतकार र गायक गायीकाले मेहनत गरेको प्रष्ट देखिएको प्रतिकृया दिनु भयो ।
नेपाली पत्रकारीता र नेपाली संगीतक्षेत्रको सबै संघ संस्थाको प्रतिनिधित्व रहेको कार्यक्रममा बरिष्ठ पत्रकार डा नवराज लम्सालले आउने फागुन पहिलो सातादेखी रेडियो नेपालमा साप्ताहिक रुपमा श्रष्टा अधिकारका बारे रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने घोषणा गर्नु भयो । 

त्यसैगरी उत्पादक समाजका सचिव एबं भाइब्स क्रियशनका प्रबन्ध निर्देशक परशुराम रिजालले गीतकार लोकराज अधिकारी र संगीतकार सुरेश अधिकारीका लागि आउदो गीतमा आफूले लगानी गर्ने घोषणा गर्दै आज सार्बजनिक गरिएको एल्वमको प्रोमो एक महिना सम्म कान्पिुर टेलिभिजनमा आफूले निशुल्क प्रसारण गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो ।

चर्चित संगीतकार महेश खडकाले सहजिकरण गर्नु भएको कार्यक्रममा पत्रकार राधिका अधिकारी, सबिता पोख्रेल, गीतकार संघका सचिव राम भटटराई, सदस्य बसन्त बित्यासी थापा, संगीत अनुरागी तथा मञ्जुश्री स्टुडियोका सल्लाहकार मोहनबीर तुलाधर,चलचित्रकर्मी आश्मा पाण्डे,गायक अर्जुन दुलाल लगायतको उपस्थिति थियो । 

गीतकार अधिकारीले आफ्नो विवाह को १८ औं वार्षिक उत्सवको अवसर पारेर यो एल्बम सार्वजनिक गरेका हुन । महाराज थापाको संगीत संयोजन रहेको सुगम संगीतमा आधारित गीतको म्यूजिक भिडिओ निर्माण हुन बाँकि छ ।एल्वमको मिडिया पार्टनर युएस खबर अनलाईन रहेको छ