सम्झौता पछि के भने ओली र मोदीले ? (भिडियो सहित)


नयाँ दिल्ली : भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको भेटवार्तामा विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।
भूकम्पपछिको पुनःनिर्माण, नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकास, सङ्गीत तथा नाट्य प्रतिष्ठान स्थापना, पारवहन मार्ग, रेल यातायात, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन र प्रबुद्ध समूह स्थापनासहित सातवटा समझदारी एवम् र विनिमयपत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको राजकीय भ्रमणका क्रममा आज ती सहमति एवम् विनिमयपत्र दुवै मुलुक सम्बद्ध अधिकारीहरुले हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्, सम्झौतापछि दुबै प्रधानमन्त्रीले सम्बोधन गरे । सम्बोधनमा के भने दुई प्रधानमन्त्रीले ?
भिडियो हेर्नुस: