असई हत्या काण्डमा मुछिने डरले भागभाग

महोत्तरी फागुन, ४–घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्नलाई महोत्तरी प्रहरीले पक्राउ गर्न थालेपछि सदरमुकाम जलेश्वरमा भागभाग भएको छ।
महोत्तरी प्रहरीले माघ २९ गते शुक्रबार जलेश्वरनगरपालिका–२ का ३० वर्षीय प्रदीप साह माझी, जलेश्वरनगरपालिका–३ का २५ वर्षीय सजयकुमार साह र जलेश्वरनगरपालिका– १७ का ५५ वर्षीय मोहन ठाकुरलाई  पक्राउ गरी  अनुसन्धान थालेपछि सदरमुकाम जलेश्वरमा भागभागको स्थिति सृजना भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी सशस्त्र असई विकको हत्या घटनामा संलग्न तीन जना माथि कत्र्वय ज्यान र आगजनी मुद्दा अन्तर्गत अनुसन्धान सुरु भएको सार्वजनिक गरेपछि सदरमुका जलेश्वरमा भागभाग हुन थालेको हो। बाँकेको कचनापुरका बासिन्दा विकका भाई प्रेम विकले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी  जनक भट्टराईले बताए।
विक हत्या काण्ड मुद्दामा एक दजर्न भन्दा बढीको संलग्नता रहेको जानकारी बाहिर आएपछि घटनामा संलग्न भए÷नभएका, घटनास्थलका प्रत्यक्षदर्शी र केही जिल्ला स्तरीय नेताहरु पनि अहिले प्रहरीको घरपकडबाट बच्न सुरक्षित स्थलतर्फ भागेको स्थानीयले बताएका छन्।
असई बिकको हत्यामा नाम मुछिने डरले २५÷३० जना भन्दा बढी युवाहरु अहिले घर छाडी सुरक्षित स्थलतर्फ भागेको स्थानीयले बताए। प्रहरी उक्त घटनामा संलग्न रहेकाको यकिन नामावली सार्वजनिक नगरेकाले उक्त मुद्दामा नाम नभएका पनि सशंकित भइ घर छाडेर भागेको स्थानीयको कथन  छ। 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले अन्य आरोपीबारे अनुसन्धान भइरहेको भन्दै उनीहरुको नामावली सार्वजनिक गर्न नमिल्ने बताएपछि अन्य सर्वसाधारणमा त्रासको स्थिति सृजना भएको हो।
कतिपय युवाहरु घटनामा संलग्न नभएपनि आफूपनि फस्न सक्ने डरले घर छाडेर भागेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले बताए।
मुद्दामा संलग्न यकिन व्यक्तिको नामावली सार्वजनिक गरेर दोषीलाई पक्राउ गरी भयको वातावरण समाप्त पार्नु पर्ने तर्क साहले बताए।
यसैबीच सशस्त्र प्रहरी असई बिकको हत्यामा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले आन्दोलनमा सक्रिय मोर्चाआवद्ध दलका स्थानीय नेता तथा कार्यकर्तालाई धरपकड गर्नु गलत भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध घटक दल तराई मधेस लोकतान्त्रिक पार्टीका महोत्तरी अध्यक्ष अभिरामा शर्माले आपत्ति जनाएका छन्।
प्रहरीले पक्राउ गरेका तीनै जना निर्दोष आन्दोलनकारी  रहेको दाबी गर्दै उनले पक्राउ परेकालाई प्रहरीले हिरासतमा चरम यातना दिइएको, दुव्र्यवहार भएको र पक्राउ गर्ने क्रममा टोल समाजलाई आतकिंत पारको शर्माले आरोप लगाएका छन्।
सशस्त्र प्रहरीको पथलैहया बाहिनीबाट युनएनको मिशनमा जानका लागि परिक्षा र तालिम सकाएर फर्केका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मा आफू कार्यरत सशस्त्र सीमा सुरक्षा वल जलसागर जाने क्रममा भदौं २५ गते जलेश्वर नगरपकालिका चोकमा एक आन्दोलनकारीको एक समुहले बाँसको भाटा र इटाको टुक्रा प्रहार गरी निर्मम तरिकाले हत्या गरेका थिए।
तराई जारी आन्दोलनको क्रममा भदौं २३ गते  जलेश्वर ५ स्थित महेन्द्र चौकमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपको क्रममा चार जना सर्वसाधारणको प्रहरीको गोली लागि मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीको समुहले असइ बिकको भदौ २५ गतेका  हत्या गरेका थिए।