ओली–थापा सम्बन्ध चिसिँदै

काठमाडौं फागुन ,  ७ –भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीचको असमझदारी सतहमा देखिएको छ ।
प्रधानमन्त्री स्वयंले आयोजना गरेको पत्रकार सम्मेलनमा निमन्त्रणा गरिए पनि परराष्ट्रमन्त्री थापा उपस्थित भएनन् ।


प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउने उद्देश्यले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै पत्रकार सम्मेलनमा उनलाई निम्तो गरेका थिए । प्रधानमन्त्री कार्यालयले दिउँसो २ बजेका लागि पत्रकारलाई निम्ता गरेको थियो भने परराष्ट्रले ३ बजे ।
परराष्ट्रले बिहीबार १२ः३४ बजे पत्रकार सम्मेलनमा आउन सञ्चारकर्मीलाई निमन्त्रण पठाएको थियो । प्रधानमन्त्री कार्यालयले दिउँसो २ बजे सोही विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरेको थाहा पाएपछि परराष्ट्रले १ः४० बजे पत्रकार सम्मेलनको स्थान र समय परिवर्तन भएको भन्दै सञ्चारकर्मीलाई इमेलमार्फत जानकारी गराएको थियो ।