यसरी भयो काष्टमण्डप एयरको विमान दुर्घटनाः घाइतेको बयान (भिडियोसहित)


कृष्ण अधिकारी

काठमाडौं


नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको ९एनए जेबी जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना हुँदा चालक दलका दुई जनाको ज्यान गएको छ।

शुक्रबार बिहान १२ बजेर १५ मिनेटमा नेपालगञ्जबाट जुम्लाका लागि उडेको जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको हो। दुर्घटनामा पाइलट र कोपाइलटको मृत्यु भएको थियो ।

९ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको नेपालगन्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

हेर्नुहोस् कसरी भयो विमान दुर्घटना घाइतेको बयान यस्तो छ।



स्रोत: सेतोपाटी

,