नविना लामा बनिन अनेरास्ववियु अध्यक्ष

काठमाडाैं, फागुन ९, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन्।

लामाले दीपक गौतमलाई २ सय १६ मतले हराउँदै अध्यक्ष पदमा कब्जा जमाएकी हुन्। नविना संस्थापन पक्षधर हुन् । पदाधिकारीमा पनि अधिकांश नविना समूहकै निर्वाचित भएका छन् ।

उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन् । सबै लामा समूहका हुन् ।

महासचिवमा पनि नविना लामा समूहका ऐन महर विजयी भए ।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् ।

कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन्।