अग्नी परिक्षामा कांग्रेस (धर्म भट्टराई "हरिदाइ")

मुलुकको झन्डै ८ दसक ईतिहास बोकेको पुरानो पार्टी नेपाली कांग्रेस १३ औ अधिबेशनको संघारमा छ। सम्पूर्ण वडा,गाउ, नगर हुँदै जिल्ला अधिबेशन हरु लगभग सकिएका छ भने केन्द्रिय पदाधिकारीहरुको चयन छिट्टै हुन गै रहेको अवस्थामा स्वदेश लगायत बिदेश अनी स्वदेशी लगायत बिदेशी शुभचिन्तकहरुको बाक्लो चासो बढेको छ बिशेष गरी कोइरालाको निधन पस्चात नेत्रित्वमा को र कसरी स्थापित हुनेहुन र आगामी दिनमा कांग्रेस कहाँ र कसरी जान्छ भनेर ?

महामानब बि पि का तिनै समाजवादी चिन्तन र आदर्सलाई काखी च्याप्दै अनेकौ घुम्ती र मोड हरु पार गर्दै आजको दिन सम्म आइपुग्दा समाज बादी चिन्तनलाई पार्टीपङ्तीले क्रमश बिर्सदै गएको भन्ने आम चासो एकातिर छदै छ भने नेत्रित्वमा पुग्न अनेकौ तिग्डम र अस्वस्थ पर्तिस्पर्धाले गर्दा बिभिन्न गुट र उपगुटले प्रस्र्य पाइरेको तितो यतार्थ छर्लङ छ । पक्कै पनि प्रजातान्त्रिक ब्यबस्थामा नेत्रिवमा पुग्न पर्तिस्पर्धा हुन्छन नै मात्र एत्ती हो यो जाहेज र नितीसंगत हुनुपर्दछ । आज १३ औ महाअधिबेशनको सम्मुखमा आइरहदा अनुहार किताब का ति प्रतेक पेजमा नेत्रिवमा आकांक्षीहरुको पोस्टिङ् र छापा पत्रीका सर्सर्ती हेर्दा लाग्छ यो अधिबेशन गुटका नाममा देउबा र सस्थापन अनी तेस भित्र च्याखे थाप्ने प्रबिर्तीको बिच हुँदै छ तर एस भ्रमलाई स्व कोइरालाको अन्त पछी जारी सबिधानको मर्म र भाबना भित्र रही निर्बिबाद सक्षम नेत्रिव को चयन गर्नु नै आजको कांग्रेसको आबस्यकता हो ।। 

पार्टी एकिकरण पस्चात गत अधिबेसनले ४०र ६० को जुन भागबन्ढाको तय गर्‍यो त्यसबाट सिङो पार्टी पङ्ती पर्ती आस्था राख्ने लाखौं कर्एकर्ता र सुबेछुक प्रती नैरास्यता मात्र बढेन पहिलो संबिधान शभामा दोस्रो दलको रुपमा खुम्चिन पुग्यो परीणाम स्वरुप संबिधान लेखनको प्रकृयामा अबरोध आउँदै गर्दा आफुले नेत्रित्व गरेको ६२ /६३ को जन आन्दोलनको उपलब्धी झन्डै गुम्ने अवस्थामा पुग्यो भने ठुलो दल ने क पा माअोबादीमा देखिएको अहम अनी एमालेको ढुलमुले शैलीले उक्त सभा बिघठन भइ कर्मचारीको नेत्रित्वमा सरकार गठन गर्नु परेको र लोकतन्त्रमा राजनैतीक दल असफल हुदै गएको भान दियो । चार- चार वटा प्रधानमत्री संबिधान लेखनको नेत्रित्व लिन असफल भएको प्रिस्ठभुमीमा भएको दोश्रो सबिधान सभाको चुनावमा पार्टी पङ्तीमा देखिएको जिम्मेवार बोधको साथै मिलेको एक कांग्रेस जनताको चाहना भएकैले गर्दा बिगतको ईतिहास लाई साक्षी राखी पुन: एकपटक त्यो एतिहासिक जिम्मेबारी  नेपाली कांग्रेसलाई मात्र दिएनन कि यसलाई आत्मा साथ गर्दै कांग्रेसले आफ्नो नेत्रित्वमा ७० बर्ष देखीको जनचाहना अनुरुप बिश्वमा बिरलै मात्र भएको प्रचन्ड बहुमतबाट सबिधान जारी गर्‍यो । 

सबिधान जारी सँगै बढेको केही स सानो असन्तुस्टीलाई बेलैमा सम्बोधन गर्न नसक्दा बिदेशी हस्तक्षप बढ्नुको साथै द्रिष्य अद्रिष्य शक्ती केन्द्रको आडमा र उक्साहटमा मुलुक अन्योल तर्फ मोडियो र अघोशित नाकाबन्दीको चरम यतना झेल्न वाध्य भयो । मुलुक भित्र रहेका सबै जनजाती ,महिला ,पिछडिएका बर्ग, दलित , शोषित का साथै आम नागरिकलाई अधिकतम समेट्ने प्रयास यस सबिधानमा हुँदा हुदै पनि, सम्शोधन गर्दै सम्बोधन गर्न सकिने प्रशस्त ठाउँ रहेको "सिमाङ्कनको" बिसय लाई लिएर मुलुकले ज्यादै ठुलो जनधनको क्षती ब्यहोर्न पुग्यो ।

सत्ता साझेदारी दलको सत्ता आरोहण गर्नको आतुरता र सिङो पार्टीले आफ्ना कुरा तत्कालै जनस्तरमा पुर्याउन नसक्दा हतारमा भएका राष्ट्रपती लगायत अन्य पदका  चुनाव अनी नेत्रित्वले सिङो पार्टी एक छ भन्ने सन्केत दिन नसक्दा ठुलो दल भएर पनि प्राप्त उपलब्धी त्यहाँ गुमाएको देखिनाको साथै नेत्रित्व पङ्ती असफल भएको टिका टिप्पणी भो ।

दोस्रो पटक मुलुकमा निर्बाचित जनप्रतिनिधीको सरकार कु गरी बरखास्ती गर्ने देखी, कतिथ जनआन्दोलनको नाममा भएका हजारौ निर्मम नागरिक हत्याबाट शक्ती केन्द्रको रुपमा स्थापित गरेको दल,क्षेत्रिय राजनैतीक सोच ,अनी फुटाउ अनी राज गर जस्ता उग्र चरित्र बोकेका बिभिन्न दलहरु बिचबाट सर्बमान्य सबिधान बनाउनु फलामे चिउरा चपाउनु जत्तिकै भए पनि एसको एतिहासिक जिम्मेवार लिएको पुरानो पार्टीले आन्तरिक दल भित्र एकता कायम गर्दै स्वधिन ,स्वतन्त्र राष्ट्र लाई र लोकतन्त्रलाई सस्थागत गर्दै नब नेपालको निर्माण मा यो अधिबेशनले कस्तो निती तथा कार्एक्रम ल्याउनु पर्छ थोरै जमर्को गरेको छु । 

राष्ट्रिय स्वतन्त्रता,स्वधिनता र कांग्रेस ;

बिश्व मानचित्रमा नेपाल आँफैमा एक पुरानो स्वतन्त्र र स्वधिन राष्ट्र हो। स्वतन्त्र राष्ट्र हुँदा पनि कतिपय ईतिहासका कालखन्डमा प्रत्याशित र अप्रत्याशित रुपमा बिदेशी हस्तक्षप हुने गरेको छ । शाह बंशको उदय सँगै सिङो नेपाल निर्माण हुँदै गर्दा आ-आफ्नो सन्तान र दर-सन्तानलाई राजाकिय नेत्रित्व राखी राख्न छिमेकीलाई खुशी तुल्याउने बहानामा बिभिन्न नाङो हस्तक्षेप भ्एको र राष्ट्र ज्यादै कमजोर भएको हामीले पढ्दै आएका हौ । राष्ट्रियता कमजोर बनाइएको एसै प्रिस्ठभुमीबाट शक्तीमा आएका राणाहरुको उदय पछी त झन ब्रिटिश उपस्तिथीले  बिदेशी हस्तक्षेप लाई छर्लङ बनाइदिएको छ । 

दिल्ली, राजा र राणा बिच कांग्रेसलाई थाहै नदिइ भएको गोप्य सम्झौता र ००७ सालको प्रजातन्त्र पछी सल्बलाएको दरबार पन्चायती ब्यबस्था लाद्नको लागि भएको राष्ट्रियता माथिको आक्रमण लाई स्व बि पि को आत्मब्रितान्त पढे मात्र पनि काफी हुन्छ । त्यस पछीका घटना क्रम सँगै जब प्रजातन्त्रको पुनर्स्थापना भयो मुलुक  उन्नतीको बाटोमा लम्कदै गर्दा भएका भौतिक सम्पत्ति नस्ठ गर्दै शुरु गरिएको अप्र्याशित कतिथ जन युद्ध अनी सत्ताको अनुचित जोड घटाऊ,राज सस्थाको सकृय उपस्तिथी हुँदै जननीर्बाचित सरकार अपदस्थ गर्ने सम्मका कार्येहरु भएका कुरा हाम्रा मान्स्पटल मा ताजै छन । 

छिमेकी सम्बन्धका नाउमा हुँदै आएका असमान सन्धी सम्झौता ,रास्ट्रिय मर्यादा बिपरित हुने गरेका बाक्ला कुट्नैतीक चहलपहल र दलहरु बिचमा आन्तरिक सम्झौता हुँदा उनिहरुको उपस्तिथीले स्वतन्त्र र स्वधिन राष्ट्रको अखन्डता माथि निरन्तर हस्तक्षेप गरी रहेको भान हुन्छ । अझ सबिधान जारी भइसकेपछी  भुपरीबेस्टिथ राष्ट्रले निर्बिबाद गर्न पाउने पारबहन सुबिधा माथी धाबा बोल्दै गरेको अघोशित नाकाबन्दीले एसलाई छर्लङ बनाइ दिएको छ । तसर्थ मुलुकको पुरानो एबम ठुलो राजनैतीक दलले बिगतमा भएका घटनालाई मध्यनजर राख्दै स्थाइ बिदेश निती बनाउनु जरुरी छ भने देश भित्रका सम्पूर्ण राजनैतीक दललाई विश्वाशमा लिएर एस्ता पुराना नजिरहरुलाई निरुत्सहित गर्नु जरुरी छ ।

पार्टी एकता,भागबन्डाको अन्त्य र चुस्त भात्री संगठन ;

नेपाली कांग्रेस भित्र एउटा ठुलो समस्याको रुपमा रहदै आएको छ गुट्बन्दी र आन्तरिक भागबन्डा । मुलत पार्टी एकिकरण पछी टडकारो रुपमा देखा परेको यस समस्या अघिल्ल्यै महधिबेशनबाट टुङो लागिसक्नु पर्नेमा अहिले झन ठुलो रुप लिदैछ । यसबाट आम इमान्दार कार्यकर्ता र कांग्रेस शुभचिन्तक लाई ठुलो नैरस्यता प्रदान गरेको छ । पार्टीको कृयाशिल सदस्यता बितरण देखी केन्द्र सम्म अ आफ्नो गुटलाई च्याप्ने प्रब्रितीले कर्तब्य निस्ठहरु पाखा लाग्दै गएका आम गुनासो छ । 

सिङो पार्टी एउटै परिवार हो भन्ने अनुभुती जब सम्म कार्एकर्ता लाई दिन सकिदैन त्याहाबाट खारिएर पर्तिस्पर्धा गर्दै नेत्रित्वमा पुग्ने सपना एउटा सामान्य कार्एकर्ताले राख्न सक्दैन र सिङो पार्टी प्रती अरुची बड्न थालदछ । पार्टीको उर्भर भुमी भनेको तिन्का भात्रिसंगठन हुन । त्यही भात्रिसंगठनका बिभिन्न नेत्रित्वमा रहेर काम गरी आएका अहीले पार्टी नेत्रित्व तहमा हुँदा पनि त्यता पटी कसैको कानमा बतास लागेको देखिएको छैन । 

ने बि सँघ ,तरुण दल, महिला संघ लगायत अधिकाश भात्रिसंगठन तोक र आदेशको भरमा टिके प्रथा बाट नेत्रित्व गरी रहेका छन। आफुलाई प्रजातन्त्र को अनुयायी ठान्ने तर आफ्नो संगठन लाई लथालुङ बनाउने काम भइरहेको छ । एस अधिबेशन पस्चात अहिले सम्म रोकिएका सम्पूर्ण भात्रिसंगठनहरुको पूर्ण प्रजातान्त्रिक तरिकाले अधीबेशन गरी माउपार्टीले लगाउदै आएको अन्कुश बन्द गर्नु पर्दछ । नत्र यसले नेत्रित्व हस्तान्तरणमा संकट मात्रै बनाउदैन नब आगन्तुक सदस्य एबम जन चाहना मा स्व बि पि को नाम लिनसाथ देखिएको युबा आकर्शण खस्किन थालदछ ।। यस मानेमा गत नेत्रित्व असफल भएको पुषटी हुन्छ आउँदै गरेको १३ औ अधिबेशन मा एस बिषय ले प्रबेश पाउनेछ नत्र आफुलाई प्रजातान्त्रिक दुवाइ दिने माउ पार्टी आन्तरिक प्रजातन्त्रमा नराम्रारी चुकेको मानिने छ ।

बदलिदो बिश्व परिस्थिती,युबा प्रती आकर्शण समग्र आर्थिक निती र अब को कांग्रेस ;

नेपाली कांग्रेस एउटा सिङो जिउदो ईतिहास बोकेको पुरानो पार्टी हो । २००४ देखी २०७२ साल सम्म आइपुग्दा मुलुकको अधिकाश परिवर्तनको नेत्रित्व गरेको तर जश लिन नसेकेको रुपमा पार्टी लाई ब्यङ्य गर्ने गर्दछन । मुलुकको सर्बाधिक अङ् को प्रतिनिधित्व गरेको यस पार्टीमा प्रजातन्त्र पुनर्स्थापना भएपस्चात जन्मेका नागरिकहरुको कती प्रतिशत हिस्सा एस माउ पार्टीले लिन सकेको छ सोचनिय बिषय छ । २०४६ सालको आन्दोलन ताका जन्मेका नागरिक आज २५ बर्ष भइ आधुनिक बिश्व लाई घरको ल्यापटपबाट चिन्न सक्ने ग्राजुयट तन्नेरी भइसकेका  छन , भने ६२/ ६३ को आन्दोलन ताका आँखा खोलेका बालक अब हाइस्कुलको अन्ततिर पुग्ने टिनएजर भइसकेका छन । 

अब तिनीहरुलाई राज्य प्रती जिम्मेवार नागरिक बनाउने तिर ध्यानआक्रिस्ट गर्नु जरुरी छ । आधुनिक बिश्वले अनुमोदन गरेको खुल्ला अर्थ निती अबलम्बन गर्दै लगानी र उत्पादनमा सम्ऋद पूँजीवादी अर्थ निती लागु गर्दै बितरणमा पूर्ण समाजबादी निती लागु गर्नु पर्दछ ।राज्यले ब्यापारमा लगानी गरेर रोज्गारी दिने होइन समग्र अर्थ निती बनाएर निजी क्षेत्रलाई लगानी मा प्रोत्सहन गर्दै समान रोज्गारी को अबसर श्रीजना गरिदिने हो । फजुल र प्रशासनिक खर्च कतौती गर्दै दिर्घ कालिन पुजिगत खर्च बढाइ कुल गार्हर्स्थ उत्पादन बढाउने योजनामा मुलुक केन्द्रित हुनु पर्दछ ।

चुस्त र सानो आकारको सरकार सन्चालन ,गुनासो सुन्ने जनउत्तर दायी निजामती सम्रचना,दण्डहिनता लाई निरुत्साहित गर्दै समान कानुन र तेस्को पालना,भ्रस्टाचार उन्मुलन तर्फ जनसहभागीतामा परीणाम उन्मुख लगानीमा जोड दिनु आजको आबश्कता हो । प्राबिधिक क्षत्रको बिकास आधुनिक कृषि प्रणालीमा जोड ,बर्सेनी लाखौको सन्ख्यामा बिदेसिने युबा जनशक्ती प्रती लक्षित कार्एक्रम,प्रतेक घर गास बास र कपास मा स्व आत्मनिभर बन्नको लागि राज्य तहबाट अध्ययन गरी स्थानिय श्रोत र साधन को उच्च्तम प्रयोग गर्न सक्ने ब्यबसायिक पाठ्एक्रम बिकास गर्न सकेमा मुलुकले दिर्घकालिन मुनाफा त लिनेछ नै कथित नाकाबन्दीको  पिडा जनताले कहिल्यै झेल्नु पर्दैन।अहिले सम्म सम्पन्न जिल्ला तहको अधीबेशन हेर्दा युबा शक्तीको आकर्शण बड्दै गएको र महाअधिबेशनमा प्रतिनिधिको रुपमा निर्बाचित भइरहेका तथाङ्क आइरहदा अब प्रौढहरु अभिबाभकको भूमिकामा रही बिश्व बजारमा आफुलाई खरो उतार्न सक्ने,नेपाली माटो र साधनलाई उच्चतम प्रयोग गर्न सक्ने संकर्मणकालिन अवस्थामा बिचलित नभै मुलुक र जनता पर्ती उत्तरदायी हुन सक्ने श्रेष्ठ ब्यक्ती यस अधिबेशनले चयन गर्ने छ ।

पार्टी सभापतिको आकाशमिक निधनले पुरै शोकमा डुबेको एस घडीमा हुँदै गरेको १३ औ अधिबेशनले सर्बसम्मत पदाधिकारीको चयन गर्दै सिङो कांग्रेस एक ढिक्का भएको सन्देश समग्र देश र बिश्वलाई दिन सके मात्र स्व कोइरालाको आत्माले शान्ती पाउने छ एसैबाट सबिधान कार्यन्व्यनको जटिलताको गाठो पनि सहजै फुक्दै जानेछ एती गर्न सके बि पि को सपना साकार हुने मात्र होइन पुन: एक पटक जनताले एक भएको कांग्रेसलाई स्पस्ट बहुमत सहित मुलुक सन्चालनको चाबी दिन आतुर छन तर आ-आफ्नो हट ब्यक्तिगत लाभ र सानो घेरा तोडी आउँदै गरेको अग्नी परिक्षा दिन कांग्रेस डराउनु हुँदैन ।। 


(लेखक: जनसंपर्क समिती अमेरिका मिचिगन च्याप्टरका सस्थापक सभापति तथा एन.आर. एन. अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ )

,