परदेशमा आजभोलि -श्रीजन



"..परदेशमा आजभोलि"
..फुर्सद नै छैन, भ्याइनभ्याई
संघसंस्था, पदाधिकारीहरुलाई त झनै आजभोलि..
..हप्तै पिच्छे, फोटाहरु फेर्दै,
शोक सभा र जन्माष्टमी मनाउनै आजभोलि..
यहाँ परदेशमा आजभोलि..
..परदेशमा आजभोलि,
..रगत परिक्षण नै पास गर्नुपर्ने,
कुन पार्टी को ?? कुन तह को ?? आजभोलि..
..कोहि छैन, मर्दा पर्दा सड्दा पनि
पहुँच बिहिन दिनदु:खीहरुको, आजभोलि..
यहाँ परदेशमा आजभोलि..
: श्रीजन, बाल्टिमोर 02/23/2016
(परदेशमा घटना, दुर्घटनामा परि असामायिक मृत्यु भएका अनि समस्यामा परेर जिवन दु:ख कष्टमा परेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा समर्पित)