प्रकाश दाईको उम्मेदवारी नेपाली राजनितीमा परिवर्तनको नवयुग ?







मैले केही दिन अगाडी मेरो फेसबुक को भित्तामा लेखेको थिएँ,"नेवारले नेत्रित्व गरेपछि सफलता प्राप्त हुँदो रहेछ भन्ने कुरा बाल गोपाल महर्जन कोच र बिराज महर्जन क्याप्टेन रहेको टिमले बहराइन लाई हराएर प्रमाणित गरेको छ। देश चलाउने जिम्मा पनि एक पटक नेवारलाई दिने हो कि? " यस कुराको धेरै साथीहरुले आपत्ती जनाउनु भएको थियो।कोही मित्र हरुले नेवार राजा देखी विभिन्न पदहरु सम्म बसेर सेवा गरे तर सम्झिन लाएकका कोही पनि भएन भन्ने अभिव्यक्ति सम्म दिनु भएको थियो। त्यस मित्रलाई मैले नेवार राजाहरुले बनाएका कला हेर्न बर्शेनी लाखौं पर्यतक भित्रिन्छन भने अरु राजा भनाउँदाहरुले गर्दा वर्षेनी लाखौं नेपाली देश निकाला हुन वाध्य भएका छन भन्ने जवाफ दिएको थिएँ भने नेपालमा भएका प्रधान मन्त्रि मध्येमा एउटै मात्र नेवार प्रधान मन्त्रि मरिच मान ले भारत सँग तक्कर लिएको थियो।

२००७ सालको आन्दोलनको सूत्रधार गर्ने चार विर अमर शहिदहरुमध्ये तीन जना गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेवार नै हुन्। २०४६ सालको जन आन्दोलन का नेतृत्व पनि दुइ जना नेवार ( गणेश मान सिं नेपाली काँग्रेस र सहाना प्रधान संयुक्त वाम मोर्चा) नै हुन।आदरनिय मित्र हो यहाँ म जातियताको कुरा गरि रहेको छुइनं। नेवार कुनै जाति पनि होइन। नोवार भित्र समग्र नेपाल अटाएको छ। त्यसैले पनि होला गोर्खाका राजा पृथ्वी नारायण शाहले नेपाल मण्डला माथी विजय हासिल गरेपछि नयाँ मूलुकको नाम नेपाल नै रहन दिएको छ।

जसरी शेर्पा हिमाल चढ्नमा निपुण छन त्यसरी नै निष्ठावान रुपमा सक्षम नेतृत्व दिने गुण नेवारमा छ। त्यसैले नेवारले नेतृत्व लिंदा सफलता प्राप्त भएको धेरै उदाहरण नेपाली इतिहासमा देख्न पाइन्छ। नभन्दै भरखरै मात्र सम्पन्न भएको दक्षिण एशियाली खेलकुद अन्तर्गत फुटवल खेल मा नेवार कोच राजु शाक्य र क्यापटेन विराज महर्जनले नेतृत्व गरेको टिमले स्वर्ण जितेर हामी नेपालीको छाती नांग्लो सरी ठूलो बनाइ दिएको छ। यसो भन्दै गर्दा मैले यहाँ नेवारले गर्दा मात्र जित हासिल भयो भनि राखेको छुइन, देशलाई चाहिन् बेलामा नेवार ले सफल नेतृत्व दिन सक्छ भन्ने मेरो तात्पर्य हो।

यदि नेवारले नेतृत्व दिन सक्छ भने,संधै जस्तै देशले मागेको वेला नेवारहरु देश र जनताको सेवा हाजिरी हुनु पर्छ । समयले नयाँ नेतृत्वको माग गर्दैछ। अब त भूकम्पले देशलाई हल्लाएर गएको पनि १० महिना विति सकेको छ। दुईवटा सरकार पशचात पनि बिकट गाउँहरुमा अनि शहरका गल्लीहरुमा हाम्रा बुवा आमा, दिदी वहिनी र दाजु भाइहरु सहयोगको अपेक्षामा कुरिरहेका छन्। पुनर्निर्माणको श्रि गणेशको आसामा बाटो हेर्दैछन्। दुइटै सरकारले धेरै कुरो बोली सके भने एउटा प्रधान मन्त्रि त स्वर्गिय पनि भैसके, अर्को को नि कुनै ठेगाना छैन, एउटा अर्थ मन्त्रिले विश्वकै उत्कृष्ठ अर्थ मन्त्रिको पुरस्कार लिएर आए पनि देशका जनता अभावको कारण ढुंगे युगमा फर्केका छन्।

यस्तो अवस्थामा एउटा नेवारको छोरोले नेपाली काँग्रेस को सभापति पदको दावी गरेर देश र जनताको सेवा गर्छु भनेर अग्रसरता देखाउनु ले देशमा परिवर्तन को संकेट गर्दछ।

पुनश्च: यस अधिवेशनमा सभापति लगाएत सम्पूर्ण पदका आकांक्षी हरुलाई मेरो जय नेपाल अनि शुभकामना, म कसैको पक्ष र विपक्षमा छैन्।

,