सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्नको मूल्य २६ प्रतिशतसम्म बढ्यो

डोटी, फागुन १० – सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा खाद्यान्नको मूल्य १४ देखि २६ प्रतिशतले बढेको छ । कृषि, स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन कार्यक्रमले गरेको एक सर्वेक्षण अनुसार अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा, डडेल्धुरा तथा डोटीमा खाद्यन्नको मूल्य बढेको हो ।
यस्तै सुदूरपश्चिमका १८ वर्षमुनिका ७० प्रतिशत तथा १ तिहाइ महिलामा रक्तअल्पता र झण्डै ६५ प्रतिशत लाई कुपोषणको समस्या भएको सर्वेक्षणले देखाएको छ ।