कोइरालाको सम्झनामा मेरिल्याण्डमा शोक पुस्तिका, हस्ताक्षर गर्ने क्रम जारी





नेपाली जनसम्पर्क समिती, मेरील्याण्ड  च्याप्टरले नेपाली कांड्ग्रेसका सभापती एवं पुर्व प्रधानमंन्त्री शुशिल कोईरालाको गतसाता भयको निधन प्रति समवेदना ब्यक्त गर्न 4535 Arlon's Resturant Falls RD Baltimore MD 21209 मा  १४ तारिख आईतबारदेखी शोक पुस्तिका राखेको छ |

उक्त शोक पुस्तिकामा मेरिल्याण्डमा सक्रिय जनसम्पर्क समिति सम्बद्ध र स्वतन्त्र व्यक्तिहरुले हिजो नै हस्ताक्षर गरेका छन् | जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा,समितिका केन्द्रीय सल्लाहकारद्वय उमा शाह र आनन्द घिमिरे, च्याप्टरका महासचिव नेत्र केसी, कोषाध्यक्ष प्रतिमा कोइराला, समितिका पूर्व केन्द्रीय सदस्यहरु गौतम दाहाल, तरुण पौडेल, दुर्गाप्रसाद श्रेष्ठ, भुवनेश्वरी बन्जाडे, एनआरएनएका संस्थापक उपाध्यक्ष एवं समाजसेवी डाक्टर श्याम कार्की, समितिका सक्रिय सदस्य कुलप्रसाद गुरुङलगायत समितिका सदस्यहरुले कोइरालाको निधनप्रति दुई मिनेट मौन धारण गर्दै शोक पुस्तिकामा आ आफ्ना भावनाहरु लेखेर कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरेका थिए |

 उक्त शोक पुस्तिका कोईरालाको निधनको १३औ दिनसम्म अर्थात आगममी फेब्रुअरी २१  गतेसम्म रहने र हरेक दिन विहान १० बजे देखी वेलुकासम्म खुल्ला रहने पनी जानकारी  जनसम्पर्क समितिले जानकारी गराएको छ।

जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले सम्पुर्ण ईच्छुक माहनुभावहरुलाई उक्त शोक पुस्तिकामा कोईराला प्रति हार्दिक समवेदना ब्यक्त गरीदिनु हुन विनम्र अनुरोध गरेको महासचिव नेत्र के.सीले द नेपाल टुडेसंगको भेटमा बताए |

 जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा,समितिका केन्द्रीय सल्लाहकारद्वय उमा शाह र आनन्द घिमिरे, च्याप्टरका महासचिव नेत्र केसी, कोषाध्यक्ष प्रतिमा कोइराला, समितिका पूर्व केन्द्रीय सदस्यहरु गौतम दाहाल, तरुण पौडेल, दुर्गाप्रसाद श्रेष्ठ, भुवनेश्वरी बन्जाडे, एनआरएनएका संस्थापक उपाध्यक्ष एवं समाजसेवी डाक्टर श्याम कार्की, समितिका सक्रिय सदस्य कुलप्रसाद गुरुङलगायत समितिका सदस्यहरुले कोइरालाको निधनप्रति दुई मिनेट मौन धारण गर्दै शोक पुस्तिकामा आ आफ्ना भावनाहरु लेखेर कोइरालाप्रति श्रद्धा सुमन अर्पण गरे |

यसैबीच जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य गोपाल विश्वकर्माका अनुसार कोइरालाको निधनको १३ औं पुण्यतिथिका दिन आगामी आइतवार बाल्टिमोरमा पनि शोक सभा कार्यक्रमको आयोजना गरिने भएको छ |

तस्बिरहरु:नेत्र के.सी.को फेसबुकबाट














,