नेपाली काँग्रेसका सदस्यहरु दास हुन कि कार्यकर्ता ?



केहि दिन अगाडी काठमाडौं वासी मेरा मित्र शैलेस शाक्य लगं वरेजुले आफ्नो फेसबुकको भित्तामा लेख्नु भएको थियो, "हामी नेपाली काँग्रेसको कार्यकर्ता? कि नेताको दास?" बडो जतिल प्रश्न उठाउनु भएको थियो वहाँ मित्रले, केही बेर म अकमक्क परें, अलिक सोचे पछि मैले " नेताको दास हुनु छोडेर कार्यकर्ता बन्न शुरु गर्नु पर्यो, परिवर्तन हामीबाट नै शुरु गरौं" भनेर कमेन्ट गरेको थिएँ।

हुँदै गरेको १३ औं अधिवेशनको पूर्व सन्ध्यामा काग्रेसी वातावरण हेर्दा, काग्रेसी मित्रहरु, काँग्रेसका कार्यकर्ता कम दास बढी भएको आभाष हुन्छ। भरखरै सम्पन्न भएको क्षत्रिय नतिजा हेर्दा अधिवेशनका प्रतिनिधि हरुको चुनाव भएको जस्तो देखिन्न्, बरु कोइराला समूह, देउवा समूह, र अन्य विभिन्न गुट उपगुटको भोट बैंकमा भोट जम्मा गरेको जस्तो गरिकन मिडियाहरुले समाचार संप्रेशन गरेको पढ्न पाइन्छ? के महावेधिशनका प्रतिनिधि हरु भेंडा बाख्रा हुन? र उनिहरु गोठालाले धपाएको ठाउँमा गए जस्तै गरिकन नेताले भनेको ठाउँमा भोट हाल्छन?

नेपाली काँग्रेस नेपालको सबै भन्दा ठुलो प्रजातान्त्रिक पार्टी हो। यसका सदस्यहरु पक्कै पनि भेंडा बाख्रा होइनन् । नेताका दासहरु होइन भन्ने मलाइ लाग्दछ। अधिवेशन भाग लिने आदरनिय मित्रहरुले आफ्नो स्वविवेकको प्रयोग गरेर , कुनै पनि नेताको दासत्व बाट मुक्त रहेर आफ्नो प्रजातान्त्रिक अधिकारको अभ्यास गर्नेछ भन्ने मैले बिश्वास गरेको छु। साथै विपदमा परेर रोइरहेको देशको घाउमा महलम लगाउन सक्ने सक्षम नेतृत्व को चयन गरेर , देशको पुनर्निर्माणको कार्यमा सहयोगी भूमिका निर्वाह गर्नेछ भन्ने मेरो मान्यता छ।

हालको वातावरण हेर्दा यो अधिवेशनले गर्दा एकता ल्याउने भन्दा फुट ल्याउँदै गरेको देखिन्छ। विभिन्न क्षेत्र अनि जिल्लाहरु लगाएत मेरो कर्म भूमी अमेरिकामा समेत प्रतिनिधि हरु चयन भइसकेपछि विवादहरु मौलाउँदै गरेको पाइन्छ। अमेरिकामा त कार्य समितिको उच्चपदमा रहने व्यक्तिहरुले अप्रजातान्त्रिक रूपले प्रतिनिधि चयन भयो भनेर विज्ञप्ति निकालेका छन्। यति वेला संस्थापनका यति जना र देउवा पक्षका यति जना प्रतिनिधि चुनिय भन्नु भन्दा फलाना फलाना काँग्रेसी मित्रहरु प्रतिनिधि चुनिय भन्दा बढि उपयुक्त देखिन्छ। आखिर चुनिएका काँग्रेसी नै हुन , होइन र?? काँग्रेसी काँग्रेसी विच नै यस्तो बैमनस्यता किन? मिलेर किन जान सकिन्न?

आफु अमेरिकावासी भएको नाताले अमेरिका सम्बन्धि पनि आफ्नो विचार राख्न चाहन्छु। मैले सुने अनुसार ( गलत भए सच्याइ पाउँ) यहाँको प्रतिनिधि चुन्ने जिम्मा सभापति लगाएत ५ जना व्यक्तिलाई कार्य समितिले दिएको थियो। अमेरिका जस्तो ठाउँबाट ७ जना मध्य ५ जना छान्नु कम चुनौटी पूर्ण काम थिएन।सभापति र पूर्व संयोजकलाई त पठाउनु पर्ने नै भयो , बाकी ५ सिट, कसैले पनि न्याय पूर्ण रुपले छान्नै सकिन्न। यसो भन्दै गर्दा जो जो चुनिए सबै ठिक हो भन्ने मेरो तात्पर्य होइन, तर आफैले नै अधिकार दिइ सकेपछि ठिक गरेन भन्नु गलत हो। २५ वटै च्याप्टरबाट समान रुपले पनि प्रतिनिधि छान्न नि सकिन्न। सरसति हेर्दा पूर्व बाट २ जना र पश्चिम बाट २ जना पुरुष र १ महिलाको चयन भएको देखिन्छ।

अन्तमा प्रतिनिधि चयन भएका मित्रहरुले म फलाना समूहको र म ढिस्काना समूहको भन्ने विचार त्यागेर, नेताहरुको दासत्व बाट मुक्त रहि भेंडा बाख्रा सरह बिकाउ नभइ, काँग्रेसको भावी नेतृत्व चयनमा आफ्नो जिम्मेदवारी नैतिक रुपले निर्बाह गर्नेछ भन्ने कुरामा बिश्वस्त रहन चाहन्छु, शुभकामना। जय नेपाल!