हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

कास्की, फागुन १२ – हराएको विमान म्याग्दीको सुर्खे पाटनमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दाना–१ काभ्रे गाउँबाट चार घण्टा उकालोमा पर्ने सुर्खे पाटन भन्ने ठाउँमा भेटिएको स्थानीय बासिन्दा कविन तुलाचनले बताए ।
विमानमा आगो लागिरहेको उहाँले बताउनुभयो । विमान दुर्घटनाग्रस्त क्षेत्र वरपरको जंगलमा पनि आगलागी भएको छ । घटनास्थलमा स्थानीय बासिन्दा पुगेपनि प्रहरी भने त्यसतर्फ जाँदै छ ।