कांग्रेस महाधिवेशनका लागि अमेरिकाबाट छानिए प्रतिनिधि

न्यूयोर्क,अमेरिका फागुन, १०-नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको लागि प्रतिनिधि चयन गरेको छ । समितिले सात जना  महाधिवेशन प्रतिनिधि  नाम सार्वजनिक गरेको हो । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले ७ जना महाधिवेशन प्रतिनिधि चयन गर्न पाउने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधि छनौट हुनेमा  गोरख (आनन्द) विष्ट,  वेद खरेल,  विष्णु सुवेदी,  प्रमोद सिटौला,  विद्यासागर योञ्जन,  हेमराज भट्ट र महिलामा माया कडायत छन् । विष्ट, योञ्जन, भट्ट देउवा पक्षधर भनेर चिनिएका हुन् ।यसैगरी तीन जना महासमिति सदस्यमा सभापति विष्टसहित पूर्व संयोजक एवं समितिका केन्द्रीय सदस्य सुवेदी र संगठन विभाग प्रमूख केन्द्रीय सदस्य वेदप्रसाद खरेल चयन भएका छन् ।
जनसम्पर्क सिमिति भित्रै विधान अनुसार महाधिवेशन प्रतिनिधि छनौट नगरिएको विवाद पनि उठेको छ । समितिकै  उपाध्यक्ष लगायत पदाधिकारीले अपारदर्शीरुपमा कांग्रेस पार्टीको नियम विपरित महाधिवेशन प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् ।