अमेरिकामा नेपाली महावाणिज्यदूतावास र जनजाति महासंघले संयुक्त रुपमा मनाए लखन थापा दिवस


न्यु योर्क
न्यु योर्क स्थित नेपाली महाबाणिज्यदुतवास नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संयुक्त आयोजनामा गत शुक्रवार, फेब्रअरी १२, २०१६ का दिन महाबाणिज्यदुतवासको सभा कक्षमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३९औ स्मृति दिवस नेपाली डायस्पोराका विभिन्न प्रबुद्द वर्गको समूपस्थितिमा सम्पन्न भयो क्याप्टेन लखन थापा मगरले जहानिया राणा शासनको विरुद्धमा नेपाली जनता नेपालको स्वतन्त्रताकोलागि सैनिक विद्रोह मार्फत आज भन्दा १३९ वर्ष अगाडि लोकतन्त्रकालागि पहिलो आवाज उठाएका थिए निरङ्कुश जहाँनिया राणा शासनको बिरोधमा स्वतन्त्रताको लागि नेपालमा पहिलो आवाज उठाएकै हुनाले तत्कालिन श्री जंगबहादुर राणाको ठाडो आदेशमा १३९ बर्ष अघि बि. सं १९३३ (सन् १८७६फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा क्याप्टेन लखन थापा मगरलाई झुन्ड्याई मारिएको थियो।

नेपाल सरकारले गत असोज गते २०७२ सालका दिन क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीद भनेर मान्यता दिएको हो । सम्पूर्ण शहीदहरुप्रति आदर गर्दै मौन धारण श्रदान्जली कार्यक्रमबाट शुरु भएको कार्यक्रमको सभापतीको आसनबाट बोल्दै कार्यबाहक महावाणिज्यदुत क्रिशु क्षेत्रीले यो ऐतिहासिक दिनलाई महाबाणिज्यदुतवासमा आयोजना गर्न पाएकोमा गर्व गर्दै आगामी वर्षहरुमा यसलाई अझ व्यापक रुपमा नेपाली डायस्पोरामा मनाउनु पर्ने सो को लागि आवश्यक सहयोग महाबाणिज्यदुतवासको कार्यालयले गर्ने बताए छोटो समयमा प्रथम शहीदको  स्मृति दिवस आयोजना गर्नु परेकोले भने जस्तो व्यापकता पुर्याउन नसकेको तथापी आदरणीय प्रथम शहीदप्रति सम्मान दर्शाउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकालाई धन्यवाद प्रकट गरे साथै, मगर संघ अमेरिकाले प्रथम शहीदको सन्दर्भमा नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र तत्काल नेपाल सरकारलाई पठाइने विश्वास दिलाए  



नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लुईसाङ वाईवा तामाङले क्याप्टेन लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता प्रकट गर्दै प्रथम शहीद लखन थापा मगर सिङ्गो नेपालीहरुको शहीद भएको आगामी वर्षदेखि प्रथम शहीदको स्मृति दिवसलाई सम्पूर्ण नेपाली शहीदहरुप्रति सम्मान दर्शाउने हेतुले नेपाली डायस्पोराले सो दिनलाई शहीद स्मृति दिवसको रुपमा मनाउनु पर्ने बताए

उप-बाणिज्यदुत प्रविण भट्टराईले प्रथम शहीद लखन थापा मगर हाम्रालागि आदरणीय रहिरहने तर शहीदको नाममा हुने विकृतिहरुप्रति नेपाली समाज सतर्क रहनुपर्ने बताए आजसम्म असंख्य शहीदहरु घोषण भएका ती मध्ये पनि सार्थक रुपमा -कसलाई शहीद मान्ने यावत प्रश्न हाम्रोसामु रहेको उनले जिकिर गरे

प्रवासी नेपाली मंचका अध्यक्ष संजय थापाले आदरणीय शहीदहरुकै कारण आज हामीले स्वतन्त्रताको उपयोग गर्न पाइरहेको त्यसकोलागि हामीले हाम्रा शहीदहरुलाई उच्च सम्मान गर्नु पर्ने भन्दै प्रथम शहीदको त्याग साहसलाई हामीले कुनै पूर्वाग्रह नराखी नेपाली डायस्पोरामा भव्य रुपमा मनाउनु पर्ने बताए !   

मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगरले नेपाल मगर संघ तथा प्रवासमा रहेका आदिवासी जनजाति महासंघको २०५६ साल देखिको निरन्तर आन्दोलनको बाबजुद क्याप्टेन लखन थापा मगरलाई नेपाल सरकारले प्रथम शहीदको मान्यता दिइएको स्मरण गर्दै नेपाल सरकारलाई धन्यवाद प्रकट गरे ! साथै मगर संघ अमेरिकाकोतर्फबाट प्रथम शहीद लखन थापा मगरको त्याग योगदानलाई सार्थक रुपमा सम्मान गरिनु पर्ने भन्दै एउटा ज्ञापनपत्र महाबाणिज्यदुतवास मार्फत नेपाल सरकारलाई बुझाए

संचारकर्मी शैलेश श्रेष्ठले आफ्नो मन्तब्यको क्रममा त्यो जहानिया राणा शासनको क्रुर कालखण्डमा शहीद लखन थापा मगरले नेपालको स्वतन्त्रताकोलागि देखाएको साहसलाई विश्वको महान स्वतन्त्रताप्रेमी नेता नेलसन मण्डेलासँग तुलना गरे राज्यले ढिलै भए पनि प्रथम शहीदलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे

महिला नेत्री विष्णु माया परियारले प्रथम शहीद लखन थापा मगरको योगदानलाई नेपाल नेपालीले कम आँकलन गर्न नमिल्ने उनको सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो भने  


कार्यक्रम महाबाणिज्यदुतवासको कार्यबाहक महाबाणिज्यदुत क्रिशु क्षेत्रीको सभापतित्वमा महासंघका  महासचिव प्रेम गुरुङले कार्यक्रम संचालन गरेका थिए