क्रिकेटको बिषयमा पहिलो नेपाली फिल्म 'च्याम्पियन' रिलिज हुदै (ट्रेलर सहित )



हेमन्त आचार्य क्षेत्री .

 मन्जिता के सि अभिनित पहिलो नेपाली चलचित्र 'च्याम्पियन' ले आफ्नो रिलिज मिति फाल्गुन १५ लाई तोकेकोछ |

नेपालमै पहिलो पल्ट लोकप्रिय  खेल क्रीकेटको बिषयबस्तुलाई समेटेर निर्माण गरिएको यो चलचित्र लाई बि.बि. फुयालले निर्देश गरेका छन |

करिब ४०० भन्दा बढी नेपाली लोक दोहोरी आधुनिक गीत,  टेलिसिरियलमा अभियान गर्दै सफलताको सिखर चुम्न सफल कुसल अभिनेत्री मन्जिता के सि र दिक्पाल कार्कीको मुख्य भुमिका रहेको छ |

यो चलचित्रमा जे एन घिमिरे, साहिल खान, शारदा आचार्य पोखरेल, सिमान्त आचार्य, जगत टमटा, ज्याक श्रेष्ठ लगायत अन्डर १९ का राष्ट्रिय क्रीकेट टिमका खेलाडीहरुको समेत अभिनय रहेको छ !

आरडी मिडिया हाउसको प्रस्तुतिमा कृष्ण पोख्रेल प्रस्तुतकर्ता रहेको यो फिल्ममा रिता पोख्रेल निर्माण गरेकी हुन भने युबराज कार्की सहनिर्माण रहेकाछन | यो फिल्मलाई सहिल खानले सम्पादन गरेका छन | चलचित्रमा पबन गौतमको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी र टंक बुढाथोकी को सङ्गीत रहेकोछ |

 चलचित्रको ट्रेलर हेरौं

,