पूर्वमन्त्री गिरिबहादुर केसीको निधन

काठमाडौं फागुन, ४-पूर्वराज्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरिबहादुर केसीको ७८ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । प्युठानको मरन्ठाना घर भएका केसी अघिल्लो सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए ।मस्तिष्कघात भएपछि केसीलाई न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा मंगलबार बिहान साढे ७ बजे केसीको निधन भएको राप्रपा नेपालले जनाएको छ ।
केसीको पार्थिव शरीरलाई बुधबार बिहान ११ बजेदेखि राप्रपा केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने राप्रपाले जनाएको छ । केसीका श्रीमती, एक छोरा र एक छोरी छन् ।